इनरुवा: सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ७ स्थित हरिपुरबाट सशस्त्र प्रहरी बलले १ सय ५० बोतल लागूऔषधसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा राती १० बजेको समयमा ठुलो परिणाममा लागुऔषध वरामद गरेको हो । सशस्त्र प्रहरी बल भुटाहाका निरीक्षक धिरज गुरुङ नेतृत्वको टोलीले भुटाहादेखि भण्टावारी सम्मको सबै युनिटलाई लागुऔषध आउदै गरेको बारेमा जानकारी गराएर तैनाथ गरेका थिए ।
सोही क्रममा सडकमा चेकजाँच बढाए पछि हरिपुर नाकाबाट सशस्त्र प्रहरीले १ सय ५० बोतल लागुऔषधसति भारतीय नागरिकलाई पक्राउ गरिएको उनले बताए । भारतीय नम्बर प्लेटको छण् व् टज्ञघण् नम्बरको रातो कालो अपाचि मोटरसाइकलमा भारतीय नागरिक हारुन रसिद पक्राउ परेका हुन् । यस बिषयमा थप अनुसन्धान भैरहेको सशस्त्र प्रहरी बल लौकहीले जनाएको छ ।





![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































