धरान : धरान स्थित केन्द्रीय प्रविधि क्याम्पस स्थापना भएको ५२ वर्ष पछि बल्ल प्रशासनिक भवन बन्ने भएको छ । 
नेपालमा पहिलो पटक त्रिवि अन्तर्गत व्यवहारिक विज्ञान तथा प्रविधि अध्ययन संस्थान स्थापना भई २०३० सालमा धरानमा डिन कार्यालय सहित केन्द्रीय प्रविधि क्याम्पस सञ्चालन भएको थियो । 
पछिल्लो समय सहायक डिनको नेतृत्वमा प्रमुख विषय खाद्य प्रविधिमा केन्द्रित भई सञ्चालन हुँदै आएको थियो । त्रिविको नीति अनुसार २०६९ मा क्याम्पस स्वायत्ततामा गएपछि विज्ञानका अन्य विषयहरूमा पनि पठन पाठन हुँदै आएको छ । स्वायत्ततामा गएबापत ठुलै अनुदान प्राप्त भए पनि छुट्टै प्रशासनिक भवन बनाउने बजेट प्राप्त भएन ।
क्याम्पस प्रमुख प्राध्यापक वसन्तकुमार राईले भने ‘शैक्षिक भवनहरू बने पनि त्यस बेला देखी गेस्ट हाउसको लागि बनेको भवनबाट अहिले पनि प्रशासनिक कार्य सञ्चालन भइरहेको छ ।’ क्याम्पसको हाल प्रशासनिक कार्यालय सञ्चालन भइरहेको भवन अतिथि गृह भएकोले साँघुरो छ ।
छात्र/छात्राको छुट्टै छात्रावास, प्राध्यापकहरूका आवासीय भवनहरू बने पनि क्याम्पसको छुट्टै प्रशासनिक भवन बनेको छैन । मुलुकमा सङ्घीयता आएर प्रदेश सरकार बने पछि बन्ने केन्द्रीय प्रविधि क्याम्पसको भवन बन्न लागेको सहप्राधाष्क बबिता अधिकारीले बताइन् । उनी सोही क्याम्पस पढेर सहायक क्याम्पस प्रमुख हुँदा सम्म छुट्टै प्रशासनिक भवन बनेको छैन । 
कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷०८२ मा क्याम्पसको प्रशासनिक भवन निर्माण गर्ने प्रस्ताव स्वीकृत गरेपछि निर्माण प्रक्रिया अघि बढेको हो । क्याम्पस सञ्चालक समिति सदस्य समेत रहेकी कोशी प्रदेश सभा सदस्य यशोदा कायस्थ अनुसार प्रदेश सरकारले कुल ३ करोडको लागतमा प्रशासनिक भवन बनाउने योजना स्वीकृत गरेको छ ।
उनका अनुसार ३ वर्षमा निर्माण गरिसक्ने योजनाको पहिलो वर्षको निर्माण कार्यको लागि गत: वैशाख ८ गते प्रदेश सरकाको पूर्वाधार विकास कार्यालयले टेण्ड आव्हान गरेको थियो । 
पहिलो वर्षको कुल लागतस्टमेट १ करोड ७० लाख ८० हजारको सरकारी अनुमानको टेण्डर कुल १ करोड, ८९ लाख, ५३ हजार ६५४ हजार रुपैयाँमा काठमाडौँ टोखाको एसआइएमठब्लु–केआर आइपीएम जेभीले सकार गरेको छ ।
क्याम्पसले प्रस्ताव गरेको डिजाइन अनुसार ३ तलाको प्रशासनिक भवनमा ११ वटा कार्यकक्ष र तेस्रो तलामा रुपटप सभा हल हुनेछ । भवनको पहिलो तलामा क्याम्पस प्रमुखको कार्यालय, सहायक क्याम्पस प्रमुख कक्ष २ वटा, प्रशासन कक्ष, बैठक कक्ष र किचन हुनेछ । दोस्रो तलामा आइटी रुम, लेखा शाखा कक्ष, दर्ता चलानी कक्ष, स्टोर रुम र परीक्षा शाखा कक्ष रहने छन् ।
क्याम्पस प्रमुख प्राध्यापक राईका अनुसार प्रशासनिक भवन क्याम्पस मुख्य प्रवेशद्वार (हालको क्यान्टिन) पश्चिम–दक्षिण स्थित खाली जग्गामा निर्माण हुनेछ । भवन निर्माणको ठेक्का लागेको थाहा भए तापनि ठेकेदार सम्पर्कमा नआएकाले निर्माण कार्य कहिले शिलान्यास हुने निश्चित नभएको उनले बताए ।
पुस्तकालय भवन पनि बन्दै
क्याम्पस प्रमुख प्राध्यापक राईका अनुसार प्रशासनिक भवन भन्दा माथिल्लो साइटमा क्याम्पसको नयाँ पुस्तकालय भवन निर्माणको प्रक्रिया पनि अघि बढेको छ । 
धरान स्थित भारतीय पेन्सन कार्यालय मार्फत भारतीय राजदूतावासमा प्रस्ताव गरिएको पुस्तकालय भवनको लागत अनुमान ५ करोडको रहेको छ । शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय तहबाट प्रस्ताव अघि बढ्ने योजनामा शिक्षा मन्त्रालयको १० प्रतिशत योगदान रहने प्रमुख राईले बताए ।
भवनको प्रस्तावका बारेमा राजदूतावासले चासो जनाएकाले पुस्तकालय भवन बन्ने कुरामा क्याम्पस आशावादी बनेको छ ।
hattisar bhawan
bolpatra