धरान:केन्द्रीय प्रविधि क्याम्पस, हात्तिसार धरानमा क्वीन्सलेण्ड विश्वविद्यालय अस्ट्रेलियाको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
उक्त अन्र्तक्रियामा क्वीन्सलेण्ड विश्वविद्यालयका प्रा.डा. भेष भण्डारीले सहजीकरण गरेका थिए । डा.भण्डारी विगत २७ वर्षदेखि निरन्तर सो विश्वविद्यालयमा प्राध्यापनरत छन् । विश्वविद्यालयको शैक्षिक गुणस्तर सुदृढिकरण गर्नका लागि प्राध्यापकहरुले पढाउनु मात्र नभई खोज र अनुसन्धानमा बढि सक्रिय रहनसमेत उनले सुझाव दिए । प्रख्यात विश्वविद्यालयहरु विश्वप्रसिद्ध हुनको कारण खोज र अनुसन्धान नै रहेको समेत उनले तर्क गरे । “अनुसन्धानले प्राध्यापकलाई सधै सक्रिय राख्छ” भण्डारीले थपे ।
कार्यक्रममा सहभागी उपप्राध्यापक देवराज आचार्यले अन्र्तक्रिया अत्यन्तै महत्वपुर्ण भएको प्रतिक्रिया दिदै आफुहरुलाई अनुसन्धान लाग्न प्रेरित गरेको बताए । “कार्यक्रम महत्वपूर्ण रह्यो, हामीलाई समेत खोज र अनुसन्धानमा लाग्न अभिप्रेरित गरेको छ,” उनले भने । विद्यावारीधिका बिषयमा धेरै महत्वपुर्ण जानकारी प्राप्त भएको स्नात्तकोतर माइक्रोवायोलोजी चौथो सेमेस्टर अध्ययनरत नेपोलीयन तेयुङले वताए । क्याम्पसमा प्राध्यापनरत प्राध्यापक तथा विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्न कार्यक्रम महत्वपूर्ण रहेको क्याम्पस प्रमुख प्राध्यापक डा. धन वहादुर कार्कीले वताए ।
को हुन् भेष भण्डारी ?
पुर्खेली घर प्युठान भई वाल्यकालमै दाङ झरेका भण्डारीले विद्यालयस्तरको अध्ययन त्यहिको स्थानीय विद्यालयवाट पुरा गरेका हुन् । प्रमाणपत्र तहको अध्ययन दाङबाटै पुरा गरेर उनले भारतबाट स्नातक तहको अध्ययन डेरी टेक्नोलोजीमा गरे । यस्तै, स्नात्तकोतर एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी थाइलैण्डवाट गरे भने विद्यावारिधि फ्रान्सवाट पुरा गरेका हुन् ।
उनी विगत २७ वर्ष देखि निरन्तर रुपमा अस्ट्रेलीयास्थित क्वीन्सलेण्ड विश्वविद्यालयमा प्राध्यापनरत छन् । उनका खाद्य प्रविधिसंग सम्वन्धित प“ाच वटा पुस्तकहरु प्रकाशित छन् भने ३ सय भन्दाबढि खोज अनुसन्धानहरु अन्तराष्ट्रिय जर्नलमा प्रकाशित भइसकेका छन् । उनको अनुसन्धानहरु २१ हजार भन्दा वढि पटक साइटेसन (उद्धधरण) भइसकेका छन् । खाद्य प्रविधिमा अनुसन्धान गर्न औधि रुचि भएका भण्डारीले दुईवटा उत्पादनहरुको पेटेंट (एकस्व प्राप्त) समेत प्रप्त गरिसकेका छन् ।








































































