धरान : कुलुङ सभ्यता संस्कृति र पहिचानको विषय समेटिएको‘कुलू रिदुम’पुस्तक शनिवार विमोचन भएको छ ।
धरान ५ स्थित देवीगाउमा रहेको कलुङ सङ्घको भवनमा पुस्तक विमोचन भएको हो ।
नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान उपाध्यक्ष रेशम गुरुङले किरातकालीन कुलुङ भाषा संस्कृति उत्थान र पहिचानसँग जोडिएको ‘कुलू रिदुम’ पुस्तक विमोचन गरेको हुन ।
पुस्तक विमोचन गर्दे प्रमुख अतिथि प्रतिष्ठान उपाध्यक्ष रेशम गुरुङले कुलुङ जातीको मर्म भावना समेटिने बताए ।
उनले भने ‘सङ्घर्षरत कुलुङ जातीय अस्तित्व समेट्न प्रतिष्ठानमा कुरा उठाउने छु ।’ कुलुङ संस्कार संस्कृति पहिचानको बारे परिचित छु ।
आफ्नो तर्फबाट माग सम्बोधन गर्न तत्पर रहेको गुरुङले बताए ।
पुस्तक प्रेमचन्द्र कुलुङले लेखेका हुन ।लेखक कुलुङले भने ‘पुस्तकले कुलुङको सभ्यता र संस्कृति र पहिचानमा आधारित छ ।’पुस्तकले कुलुङ भाषाको आवश्यक जानकारी दिने बताए ।
कार्यक्रममा उपस्थित वक्ताहरूले कुलुङ जातिलाई हालसम्म अन्य समुदायले ‘राई’ समुदाय भनेर चिन्ने गरेको बताए । तर कुलुङहरुको अन्य जातजाति जस्तै आफ्नै अलग्गै जातीय बनोट, स्वपहिचान, ऐतिहासिक भूमि,वंश–परम्परा, मातृभाषा, वेशभूषा, संस्कार,रीतिथिति आदि रहेता पनि राज्यले अन्य बेग्लै जाती सूचीकृत गर्न नसकेको बताए ।
कुलुङ जातीहरू बेग्लै जातीमा सूचीकृत हुनुपर्ने उनीहरूको माग रहेको छ । सरकारले कुलुङ जातीलाई सूचीकरणकालागी पहल कदमी गर्न माग गरेता पनि माग कार्यान्वयन नभएको बताए ।
स्ंघका केन्द्रीय सदस्य संयोगान्त कुलुङले भने ‘राईहरूको संस्था यायोक्खाले नै कुलुङ जातीलाई तल्लो स्तरमा राख्यो,कुलुङ जातीलाई अपमान गर्यो ।’कुलुङको मर्म भावना समेटेन अव हामी कुलुङहरु आफै राजनीति रूपमा दखल राख्न आवश्यक छ । अव कुलुङ जातीका युवाहरू राजनीतिमा लाग्नु पर्ने बताए ।
उनले कुलुङ जाती राजनैतिक रूपमा बिकाशीत हुनु तयार हुनुपर्दछ अनि मात्र हाम्रो मुद्दालाई स्थापित गर्न सकिन्छ । भन्दै उनले भने ‘किरात यायोक्खा एनजिओ जस्तो मात्र भयो । ’अव यायोक्खालाई बहिस्कार गर्नुपर्दछ ।’
किरात यायोक्खाले कुलुङ जातीलाई सुनवाई गरेन यायोक्खाले एनजिओ जस्तो कार्य गरेको कारण कुलुङलाई पछाडि परेको सदस्य कुलुङ्ले बताए ।
सङ्घका अध्यक्ष चन्द्रसिंह कुलुङले कुलुङ इतिहासमा आधारित पुस्तक तपाईँहरूमाझ ल्याउन सफल भएका छौँ ।
पुस्तकले कुलुङ संस्कृति र संस्कारलाई बुझ्न झनै मद्दत गर्ने बताए ।
कार्यक्रममा खाँदबारी नगरपालिकाका नगरप्रमुख महेश थपलिया, उपप्रमुख महेश्वारा बज्राचार्य, चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र कुलुङ, सिलीचोङ गाउँपालिका अध्यक्ष भूपाल राज मेवाहाङ,महाकुलुङ वडा नम्बर २ वडाध्यक्ष प्रदीप कुलुङ लगायत कुलुङ समुदायको उपस्थिति रहेको थियो ।