धरान : चलचित्र “माइतीघर” यही असोज १३ गते अर्थात् दशैको फूलपातीको दिनबाट प्रदर्शन मिति गरेको छ । चलचित्र “माइतीघर” ले प्रदर्शन अगावै एकपछि अर्को रेकर्ड बनाउँदै आएको छ ।
चलचित्रमा छनोट गरिएको जम्बो स्टार सँगै,छायाङ्कनको समयमा चारित्रिक पोस्टर सार्वजनिक,गीत सङ्गीतले चर्चा बटुल्दै आएको चलचित्र “माइतीघर” को पहिलो लुक्स पोस्टर सार्वजनिक भएको छ ।
चलचित्रको अफिसियल पोष्टर सार्वजनिक भएपछि अव टिजर, ट्रेलर तथा गीतहरूको पर्खाइ बढेको छ । मिलन तामाङ निर्देशित र रोहित अधिकारी निर्मित बहु प्रतीक्षित यो चलचित्र ‘माइतीघर’तामाङ समुदायको संस्कृति र भावनात्मक सम्बन्धलाई समेत केन्द्रमा राखेर निर्माण गरिएको फस्ट लुक पोस्टर सार्वजनिक गर्दे पोस्टरले पात्रहरूको गेट अप, लुक्स र मुडलाई दर्साएको छ ।
चलचित्रमा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत,उपासना सिंह ठकुरी,श्याम श्री शेर्पा, युवराज लामा,बुद्धि तामाङ र शिशिर वाङ्देल मुख्य भूमिकामा रहेको छ ।
सुसन प्रजापतिको छायाङ्कनमा निर्माण भइरहेको ‘माइतीघर’मा रोहित अधिकारी, रविन शेरचन र धिरज तामाङको लगानी छ भने ईश्वर श्रेष्ठ र नीरज कटुवाल कार्यकारी निर्माता छन् ।
रोहित अधिकारी फिल्मसङको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा रविन शेरचन र धिरज तामाङको पनि लगानी छ । फिल्मका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र नीरज कटुवाल हुन् ।
निर्माता अधिकारीले यसअघि निर्माण गरेका ‘गाजलु, ‘छ माया छपक्कै’ र ‘फर्की फर्की’लाई दर्शकले रुचाएका थिए ।अस्ट्रेलियाको हिमारो इन्टरटेन्मेन्टका लागि प्रेम राज धामी र प्रकाश गैरेले खरिद गरेको यो अधिकारसँगै फिल्मको लगानीको ठुलो हिस्सा सुरक्षित भएको निर्माण टिमले जनाएको छ ।
पोस्टर नआउँदै गरिएको यस्तो ठुलो डिलले फिल्मप्रति वितरकको भरोसा र बजारको उत्सुकता झल्काउँछ । निर्माता अधिकारीका अनुसार, अन्य देशहरूमा पनि चलचित्रको बिक्री प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ ।