धरान : सुनसरी उद्योग वाणिज्य सङ्घको चुनाव अन्तर्गत आज दुई सदस्य निर्विरोध निर्वाचित भएका छन् । 
सङ्घको बस्तुगत तर्फका उम्मेदवार नवीन तामाङ र नारायण लिम्बु निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत डा. राजेन्द्र शर्माले जानकारी दिए । 
बस्तुगत तर्फ दुई सदस्य पदकालागी तीन जना नवीन तामाङ, नारायण लिम्बू र राजेश श्रेष्ठको उम्मेदवारी परेकोमा श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी दिए । 
संस्थागत हित र सहमतीकालागी आफूले उम्मेदवारी फिर्ता लिएको उनले बताए । उनको उम्मेदवारी फिर्ता सँगै नवीन तामाङ, नारायण लिम्बू निर्विरोध निर्वाचित भएका हुन । 
निर्विरोध निर्वाचित तामाङ र लिम्बु दुवै गोपाल श्रेष्ठ प्यानलका हुन । अधिकतम सहमति नै गरेर जाने उद्देश्य अनुरूप आफ्नो प्यानलका तीन जना उम्मेदवारलाई निर्विरोध निर्वाचित गराउन सफल भएको अध्यक्षका उम्मेदवार गोपाल श्रेष्ठले जानकारी दिए । सङ्घमा बस्तुगत तर्फ २१ सदस्य रहेका छन् ।