वराहक्षेत्र : नगरपालिकामा शव वाहन नहुँदा अन्तिम संस्कारकालागि घाटसम्म र पोष्टमाटमकालागि शव लैजान सवारी पाउनै समस्या र सवारी भेटिए पनि महँगो शुल्क तिर्नुपर्ने नगरबासीहरूलाई बाध्यता रहेको छ । तर अव उक्त नगरवासीको समस्या र माध्यता अन्त्य हुने भएको छ।
वराहक्षेत्र नगरपालिकाले शव वाहन खरिद गरेसँगै उक्त बाध्यता र समस्या समाधान हुने विश्वास नगरवासीले गरेका छन् ।
नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ सालको वार्षिक स्वीकृत कार्यक्रम अनुसार २५ लाख ३९ हजारमा उक्त शव वाहन खरिद गरेको हो ।
सप्तकोसी नदिमा मानव शव फेला पर्ने त्यसको व्यवस्थापनसँगै पोष्टमार्टमको प्रक्रिया, शङ्काको घेरामा परेको शवको पोष्टमार्टम लगायत नगरवासीहरूको माग, आवश्यकताको आधारमा शव वाहन खरिद गरिएको नगर प्रमुख रमेश कार्कीले बताए ।
शव वाहनको सेवा नगरवासीकालागि २४ घण्टा नै निःशुल्क उपलब्ध हुने नगर प्रमुख रमेश कार्कीले बताए । नगरपालिकामा शव वाहन नहुँदा अन्तिम संस्कारका लागि घाटसम्म र पोष्टमार्टमकालागि शव लैजान सवारी पाउनै समस्या र सवारी भेटिए पनि महँगो शुल्क तिर्नुपर्ने बाध्यता रहेको थियो ।






























































