धरान : वराहक्षेत्र-५ अमाहा सिमसार जङ्गलको सडकमा सोमवार बिहान ५ बजेको समयमा प्रहरीले बा ६ च ८४०३ नम्बरको कालो रङको कारबाट राइफल बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगर प्रमुख दिवस कुवरका अनुसार प्रहरीलाई प्रहरी चौकी भरौलको प्रहरी टोलीले कार सहित राइफल नियन्त्रणमा लिएको हो ।  
उनका अनुसार पूर्व सूचना अनुसार खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा कालो रङको कार बाटोमै छाडी गाडीमा सवार मानिसहरू जङ्गल तर्फ भागेका थिए ।
चेकजाँच गर्दा कारको बिचको सिटमा रहेको‘ WEBLEY & SCOTT LIT LONDON & BIPMINGHAM, MADE IN ENGLAND  नामक राइफल बरामद भएको हो ।
कार सहित राइफल बन्दुक नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगर राखिएको छ । फरार मानिसहरूको खोज तलास गर्ने कार्य भइरहेको ईलाका कार्यालय महेन्द्रनगरले जनाएको छ ।