इटहरी : इटहरी उपमहानगरपालिकाको बेरुजु प्रत्येक वर्ष बढिरहेको छ । महालेखा परीक्षण प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १६ करोड २१ लाख १३ हजार थप भएर कुल १ अर्ब २६ करोड ९१ लाख ६८ हजार पुगेको हो । 
आर्थिक वर्ष २०७९/८० मा मात्रै २१ करोड ८७ लाख ४ हजार बेरुजु थप भएको थियो । त्यस बेला जम्मा  ८८ करोड ८३ लाख ५२ हजारमा बढेर १ अर्ब १० करोड ७० लाख ५५ हजार पुग्यो ।
आर्थिक वर्ष २०८०/८१ मा पनि १६ करोड भन्दा बढी हुँदा धरान उपमहानगरपालिकामा सोही वर्षमा ८ करोड ७६ लाख ९७ हजार बेरुजु देखियो । धरानमा हालसम्मको अद्यावधिक बेरुजू ४१ करोड ९६ लाख ७४ हजार रहेको छ । जुन इटहरीको भन्दा तिन गुणा कम हो । 
उता कोशी प्रदेशको एक मात्र महानगरपालिका विराटनगरको भने धरानको भन्दा कम बेरुजु देखिएको छ । सोही वर्ष महानगरपालिकाको बेरुजु ४ करोड ६८ लाख ४० हजार अर्थात् शून्य दशमलव ७३ प्रतिशत मात्र रह्यो ।
विराटनगरमा हालसम्मको अद्यावधिक बेरुजु इटहरीको भन्दा चार गुणा कम अर्थात् ३१ करोड ५२ लाख ८८ हजार रहेको छ । गत आर्थिक वर्षमा मात्रै महानगरपालिकाले २० करोड बेरुजु घटाएको देखिएको छ ।
itahari-lekhapariksyan