धरान: प्राईम भिजन कलेज परिसरमा बिहीबार देखि ३ दिने ‘फुड फेस्टिबल’ सुरु भएको छ । फेस्टिबलमा विद्यार्थीहरूले तयार गरेका नेपाली तथा अन्तर्राष्ट्रिय परिकारहरू खानपिन गर्न पाइने स्टलहरू छन् ।
परिकारहरू धरान–१२ स्थित प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजका विद्यार्थीहरूले तयार गरेका हुन । कलेज परिसरमा चलिरहेका फेस्टिबल ३१ गते सम्म रहने छ ।
फेस्टिभल बिहान ११ देखि साँझ ७ बजेसम्म सञ्चालन भै रहेको निर्देशक अनिल श्रेष्ठले बताएका छन् । फेस्टिबलमा ९ वटा स्टलहरू रहेका छन् । 
निर्देशक श्रेष्ठका अनुसार व्यवसायीक रूपमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले कलेजका विद्यार्थीहरूको सीप दक्षता, क्षमता अभिवृद्धिका लागि फेस्टिभल आयोजना गरिएको हो ।
prime111