धरान : धरान जेसिसको २०२५ जेसिस सप्ताह निःशुल्क दन्त परीक्षण शिविरको उद्घाटनसँगै बिहीबार देखी सुरु भएको छ । 
धरान-१७ सुनौलो पुस्तकालयमा आयोजित शिविरमा स्थानीय समुदायका १५० जनाले दाँतको समस्या सम्बन्धी निःशुल्क दन्त परीक्षण गराए । 
शिविरका बिच कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका वरिष्ठ प्रहरी उपरीक्षक भीमबहादुर दाहालले ‘धरान जेसिज सप्ताह २०२५’को उद्घाटन गरेका हुन । उनी प्रमुख अतिथि थिए । सप्ताह जेठ २८ गते सम्म चल्नेछ ।
धरान जेसिज अध्यक्ष बिदुर थापाले जेसिसले समुदायका लागि कल्याणकारी, सिर्जनात्मक तथा चेतनामूलक कार्यक्रमहरू सहित जेसिज सप्ताह मनाउने गरेको बताए । 
यसपालि जेसिसले हेल्दी बेबी कम्पिटिसन, मिक्स पिकल तथा तोफु बनाउने तालिम, चित्रकला प्रतियोगिता, बैङ्किङ साक्षरता अनुशिक्षण, छात्रवृत्ति वितरण कार्यक्रमहरू आयोजना गर्ने तालिका छ ।  
सप्ताहव्यापी कार्यक्रमका मूल संयोजक धरान जेसिसका कार्यकारी उपाध्यक्ष तोर्णबहादुर कार्की सप्ताहको बारेमा प्रकाश पारे । स्वागत मन्तव्य निवर्तमान अध्यक्ष आयुष्मा शाक्यले गरिन् ।
शिविर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका दन्त चिकित्सा विश्वविद्यालयको प्राविधिक सहयोगमा भएको कार्यक्रम संयोजक उषा परियारले जानकारी दिइन् ।
डेण्टल कलेजकी एसोसिएट प्रोफेसर डा. सन्तोषकुमारी अग्रवालले समुदायमा काम गर्ने अवसर पाएकोमा धरान जेसिसलाई धन्यवाद दिइन् ।