धरान : सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि राष्ट्रिय बजेट प्रस्तुत गरिरहेका छन्। ।
आगामी वर्षको लागि राष्ट्रिय बजेट कुल १९ खर्ब ६५ करोड रुपैयाँको छ । चालू आर्थिक वर्ष २०८१/०८२ मा सरकारले १८ खर्ब ६० अर्बको बजेट ल्याएको थियो । तुलनात्मक रूपमा यसपालीकाको बजेट अघिल्लो वर्षको भन्दा १ अर्ब बढेर आएको छ ।
अर्थमन्त्री पौडेलले बजेट भाषणमा सहकारीका ५ लाख सम्मका बचतकर्ताको बचतको सुरक्षण गरिने उल्लेख गरे । कर्जा तथा निक्षेप सुरक्षण मार्फत सहकारीका ५ लाखसम्मका बचतकर्ताको बचतको सुरक्षण गरिनेछ ।
सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न स्थापना कोषमा सरकारले बिउ पुँजी राख्ने भएको छ । साथै सहकारीको वर्गीकरण र एकीकरण र संरचनागत सुधार गरिने व्यवस्था बजेटले गरेको छ । समस्या ग्रस्त सहकारीका बचतकर्ताको निक्षेप तथा सञ्चालकको सम्पत्ति बिक्री गरेर फिर्ता गर्ने व्यवस्था बजेटमा उल्लेख छ ।
बजेट भाषणमा सुनचाँदीको गहना निकासी गर्ने उद्योगलाई बण्डिड वेयर हाउसको सुविधा उपलब्ध गराइने उल्लेख छ । यस्ता उद्योगले निकासी मूल्यकाको न्यूनतम ५० प्रतिशत विदेशी मुद्रा अग्रिम भुक्तानी प्राप्त गरेमा उक्त रकम बराबरको सुनचाँदी खरिद गर्न सक्ने व्यवस्था मिलाइने भएको छ ।
अर्थमन्त्री पौडेलले बजेट भाषणमा आधुनिक प्रविधिको प्रयोग गरी सुन, चाँदी, काँच, तामा, फलाम, छाला, काठ, पत्थर लगायतका सामग्री उत्पादन र बजारीकरण गरिने उल्लेख गरे । त्यसका लागि पुँजीगत अनुदान, सहुलियतपूर्ण कर्जा र सिप विकास तालिम उपलब्ध गराउन ५० करोड रुपया विनियोजन गरिएको बताए ।
बजेटमा सरकारले आगामी वर्षभित्र १ सय स्थानीय तहमा भूमि बैङ्क खोलिने सञ्चालन गर्ने उल्लेख छ । जग्गाधनीले जग्गा लिजमा दिन चाहेमा स्थानीय तहसँग सहकार्य गर्ने र भूमि बैङ्कले स्थानीय तहसँग करार गरेर जग्गा प्राप्त गर्न सकिने व्यवस्था गरिने भएको छ । स्थानीय तहमार्फत भू उपयोग क्षेत्र वर्गीकरण गरिने व्यवस्था गरिने भएको छ । यस्का लागि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय ७ अर्ब ४९ करोड बजेट विनियोजन गरिएको छ ।
उद्योग र उत्पादनलाई प्रोत्साहित गर्न बजेटमा स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने घोषणा गरिएको छ । सरकारले स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा चाहनेहरूलाई ३ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउनले छ । त्यसका लागि ७३ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री पौडेलले बजेट भाषणमा बताए ।
जेन्जी पुस्तालाई लक्षित गरी नवप्रवर्तनमा आधारित स्टार्टअपलाई प्राथमिकता दिइने बजेटले घोषणा गरेको हो । सुनचाँदीको निकासी गर्ने उद्योगलाई बन्डेड वायर हाउस सुविधा उपलब्ध गराइने छ ।
कृषिको व्यवसायीकरण र यन्त्रीकरण गरेर उत्पादन र उत्पादकत्व बढाउने बजेटले व्यवस्था गरेकाको छ । स्थानीय स्तरमा उत्पादित स्वच्छ र पोषणयुक्त खाद्यमा जोड दिइने छ । कृषिमा आश्रितलाई उत्पादनमा रूपान्तरण गरिने । प्रमुख खाद्यवस्तु, तरकारी फलफूल दूध र मासुजन्यमा आत्मा निर्भर हुने गरी ठोस कार्यक्रम सञ्चालन गरिने छ ।
कृषि उपजको अग्रिम खरिद मूल्य (समर्थन मूल्य) तोकिने भएको छ । बाँदर नियन्त्रणका कार्यक्रम तय गरिने भएकाले छ । बाँदर प्रभावित ठाउँमा बाँदरले नष्ट गर्न नसक्ने बाली लगाउन प्रोत्साहन गरिने भएको छ ।
बजेटमा पशुपन्छीलाई लाग्ने रोग नियन्त्रण गर्न सरकारले ५ करोड ५० लाख डोज खोप उत्पादन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८२÷०८३को बजेटमा उक्त कार्यका लागि अर्थमन्त्री पौडेलले ८५ करोड खर्च गरिने घोषणा गरेका छन् ।
सरकारले बजेट मार्फत राज्य सुविधा परिचयपत्र प्रदान गर्ने घोषणा गरेको छ । सुविधा परिचय पत्र पाउने सम्बन्धित परिवारले आफ्नो स्वघोषणा गर्नुपर्ने व्यवस्था बजेटमा छ । त्यसलाई राष्ट्रिय परिचयपत्र प्रणालीमा अद्यावधिक गरिने छ ।
बजेटले हदबन्दीका कारण बिक्री हुन नसकेका हाउजिङलाई बिक्री गर्न पाइने व्यवस्था गर्ने घोषणा पनि गरेको छ । सरकारले आगामी एक वर्षभित्रमा ५ लाख परिवारलाई लालपुर्जा दिने कार्यक्रम सिन बजेटमा घोषणा गरेको छ ।
अर्थमन्त्री पौडेलले बजेट भाषणमा आगामी प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँटबाट १ खर्ब ६५ अर्ब हस्तान्तरण हुने अनुमान रहेको बताएका छन् ।