धरान : सुनसरी उद्योग वाणिज्य सङ्घको ४१ औँ साधारण सभा सम्पन्न भएको छ । मिलेनियम हलको उद्घाटन सँगै साधारण सभामा धरानको खानेपानी समस्या समाधान बारे बहस भएको हो ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले धरानको खानेपानी माथि चर्चा गरे । सङ्घका अध्यक्ष विजय श्रेष्ठले खानेपानी समस्याको कारण व्यावसायिक वातावरण कमजोर बनेको बताए ।
निवर्तमान मेयर तिलक राईले खानेपानी समस्या समाधानको तयारी भइरहेको बेला वर्तमान मेयरले स्टन्ट गरेको धारणा राखे । विगतमा भएका उपलब्धिलाई आत्मसात् नगरेर विना योजनाको काम गर्दा सफलता हात नपरेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सुरुङ्ग मार्ग मार्फत तमोरको पानी ल्याउनुपर्ने बताएका छन् । तिनै तहका सरकारहरू निजि क्षेत्र सँग साझेदारी गर्न तयार देखिए पनि खुलेर विश्वास गर्न नसकेको उनले बताए । व्यावसायिक चेतले मात्र आर्थिक विकास सम्भव हुने उनको भनाइ छ । व्यावसायिलाई अनुगमन गर्दा चोरको जस्तो व्यवहार नगर्न आग्रह गरे ।