धरान : वैशाखे पूर्णिमादेखि किरातीहरुले धूमधामले उभौली मनाउँदै आएका छन् । चार किरात भित्रका राई, लिम्बु, याक्खा र सुनुवार आआफ्नो संस्कार, परम्परा अनुसार उभौली मनाउँछन् ।
आज शनिवार किरात राई यायोक्खा धरान उपमहानगर कमिटीले भानुचोकमा आयोजना गरेको वृहत् साकेला उभौली शुभकामना कार्यक्रममा पनि ढोल झ्याम्टासँगै कोशी प्रदेश खारेजीको माग गर्दे पहिचान सहितको नाम किराँत प्रदेश पुन ःनामाकरणको माग गर्दे झयालझयाम्टा सहित साकेला प्रदर्शन गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम बेघाले संस्कार संस्कृति बचेमात्र सम्पूर्ण समुदायको अस्तित्व रहने बताए । उनले प्रकृति पूजक किरात राई समुदाय संस्कार संस्कृतिलाई सदैव बचाउँदै नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्नुपर्ने बताए । 
उनले प्रकृति पूजक किरात राई समुदाय लगायतले उभौली पर्व मनाउने सबै समुदायलाई उभौलीको शुभकामना दिए ।
भानुचोक क्षेत्र साकेला शिली मय भएको थियो भने अतिथि वक्ताहरूसँगै साकेलामा सहभागीहरूले कोशी प्रदेशको नाम खारेज गरेर पहिचान र सभ्यताको आधारमा राखिनुपर्ने माग गरेका थिए ।
यायोक्खा धरान उपमहानगर कमिटीका अध्यक्ष लीला राईले उभौलीको अवसरमा शुभकामना आदानप्रदान र नगर स्तरीय साकेला सिली प्रदर्शनी कार्यक्रम गरिएको बताईन ।  उनले कोशी प्रदेश नाम खारेज गरेर सभ्यताको आधारमा पुनः नामाङ्कन गर्न माग गर्दे कार्यक्रम गरिएको बताइन ।
भानुचोैकमा १३ वटा प्रारम्भिक कार्यसमिति र वान्तवा खिमबाट गरी १४ वटा साकेला सिली प्रदर्शनी भएको थियो । 
किरात राई यायोक्खाका पूर्व केन्द्रीय अध्यक्ष तथा धरानका पूर्व मेयर तिलक राईको विशेष आथित्यतामा अतिथिहरू पूर्व मन्त्री कृष्ण कुमार राई, किरात राई यायोक्खाका प्रदेश कमिटीका उपाध्यक्ष बलराम राई, नेपाल आदिवासी महासङ्घका उपाध्यक्ष सुवास होक्पा चोङ्वाङ राई, वडा नं। २ का अध्यक्ष रमेश राई लगायतको उपस्थिति थियो ।
किरात राई यायोक्खा सुनसरीले जेठ १७ गते उभौली पर्वको कार्यक्रम समापन गर्ने भएको छ ।
sakela1sakela-3
sakela-2