धरान :झापाको कनकाईमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको  छ भने खोटाङको हलेसी तुवाचुङमा श्रीमतीले कोदालो प्रहार गरी श्रीमानको हत्या गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार दुवै घट्नाका दोषीलाई तत्कालै प्रहरीले पक्राउ गरेको छ ।  
वैशाख २७ गते शनिवार राती साढे ८ बजे झापाको कनकाई–२ सुकेडागीका ३५ वर्षीय कविराज हेमरनले उनकै श्रीमती ३४ वर्षीय पूजा हेमरनलाई आपसी वाद विवादको क्रममा धारिलो हतियार खुकुरीले घाँटी काटी हत्या गरेको हो । 
घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय सुरुङगाको प्रहरी टोलीले श्रीमान् कविराजलाई नियन्त्रणमा लिएको छ ।  
त्यसअघि सोही दिन बिहान खोटाङको हलेसी तुवाचुङ–९ का ५१ वर्षीय पाँच कर्ण राईले उनकै श्रीमती  ५३ वर्षीय  रेणुका राईले सामान्य वादविवादमा कोदालोको पासोले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएकी थिइन् ।
तत्काल घटनास्थल पुगेकाके प्रहरी चौकी अर्खौलेको प्रहरी टोलीले घाइते राईलाई उद्धार गरी उपचारको लागी हेलिकप्टरद्वारा काठमाडौँ न्युरो अस्पताल पठाएको थियो ।
उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । घटनामा संलग्न श्रीमतीलाई जिल्ला प्रहरी कार्यालय खोटाङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।