धरान : राष्ट्रपति रामचन्द्र पौडेलले आज शनिवार विश्व प्रेस स्वतन्त्रता दिवस ३ मईको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पत्रकार, नेपालीहरूमा शुभकामना सन्देश दिँदै संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता निर्वाध रूपमा संलग्न हुन पाउनु नै प्रेस स्वतन्त्रता भएको उल्लेख गरेका छन् ।
सन्देशमा भनिएको छ ‘संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको छ । सूचना सङ्कलनदेखि त्यसलाई प्रवाह गर्ने प्रक्रियासम्म निर्वाध रूपमा संलग्न हुन पाउनु नै सही अर्थमा प्रेस स्वतन्त्रता हो ।’
निरङ्कुश शासनको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगतले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै सन्देशमा स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधार स्तम्भ भएको सन्देशमा उल्ले छ ।
सन्देशमा भनिएको छ ‘प्रेस स्वतन्त्रता प्रेसको मात्र नभएर नागरिकहरूको सुसूचित हुन पाउने संवैधानिक हक कार्यान्वयन गर्न पनि उत्तिकै अनिवार्य हुन्छ ।’ यसले शासन प्रणालीलाई पारदर्शी र उत्तरदायी बनाउन मद्दत पुग्नेछ । यो समग्र समाजको लोकतान्त्रीकरणको अभियानको एउटा महत्त्वपूर्ण पक्ष पनि भएको उल्लेख छ ।
राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन् ‘प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जान्छ, यसका लागि आवश्यक वातावरण निर्माण गर्नु हामी सबैको जिम्मेवारी हो ।’
संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको छ । सूचना सङ्कलनदेखि त्यसलाई प्रवाह गर्ने प्रक्रियासम्म निर्वाधरुपमा संलग्न हुन पाउनु नै सही अर्थमा प्रेस स्वतन्त्रता हो । बहुलवादमा आधारित पत्रकारिताको अभ्यासले हरेक प्रकारका समाचारहरूमाथि सबै नागरिकको सहज पहुँच स्थापित गर्दछ र सञ्चारमाध्यमबाट सबै वर्ग-समुदायको आवाज मुखरित हुने सन्देशमा उल्लेख छ ।
सन्देशको पूर्ण विवरण :
Press  (1)Press  (2)