धरान : नेवारी सांस्कृतिक सङ्गीतमा बाँसुरीको महत्त्वपूर्ण स्थान रहँदै आएको छ । चाड, पर्वहरूमा बजाइने बाँसुरीको सांस्कृतिक धुन नयाँ पुस्तामा हस्तान्तरण गर्न धरानमा बाँसुरी वादनकाके एक महिने तालिम शनिवार देखी सुरु गरिएको छ ।

नेवा: देय दबूँ धरानको आयोजनामा धरान-१६ हारती आजिमा मन्दिरमा तालिम सञ्चालन भएको हो । तालिमको उद्घाटन प्रमुख अतिथि नेवा देय दबूँ जिल्ला अध्यक्ष केदार बजिमयले गरेका छन् ।

उद्घाटन कार्यक्रममा उनले संस्कार संस्कृति बचाउन नयाँ पुस्ता लाग्नु पर्ने बताए । स्थानीय सरकारले पर्याप्त मात्रामा बजेट नछुटाएको उल्लेख गर्दै भने ‘स्थानीय सरकार आफै स्थानीय संस्कार संस्कृति बचाउन लागि पर्नुपर्नेमा बजेट माग्न जाँदा भिख माग्नु पर्ने अवस्था छ ।’

तालिममा धरानका ६० युवा/युवती सहभागी छन् । एक महिना सम्म सञ्चालन हुने बाँसुरी वादन प्रशिक्षण समीर आचार्जुले दिने छन् ।

कार्यक्रममा दबुका सल्लाहकार मुकुल कायस्थ, खड्गी सेवा समाजका अध्यक्ष मनिष खड्गीले संस्कृतिमा सङ्गीतको महत्वका बारेमा धारणा राखेका थिए । दबुका वरिष्ठ उपाध्यक्ष प्रदीप श्रेष्ठले स्वागत मन्तव्य दिएको कार्यक्रमको अध्यक्षता दबूँ अध्यक्ष मनोहर शाक्यले गरेका थिए ।

basuri-1