धरान : विजयपुर आध्यात्मिक मञ्चको २३ औँ साधारण सभा तथा ९ औँ अधिवेशनले अध्यक्षमा पितरुमल अग्रवाललाई पुनः सर्वसम्मत चयन गरेको छ ।

धरान-३ स्थित लक्ष्मी नारायण मन्दिर परिसरमा सोमवार भएको अधिवेशन समापनमा भएको निर्वाचन कार्यक्रममा अग्रवालको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्ष नैनकला न्यौपाने, उपाध्यक्ष शान्ता अधिकारी, महासचिव उद्धवप्रसाद अधिकारी, सचिव हिमप्रसाद ओझा, कोषाध्यक्ष पङ्कज घिमिरे, प्रचार सचिव दुर्गा काफ्ले चयन भएका छन् ।

सदस्यमा सुभद्रा सुवेदी, इन्द्रनाथ बास्तोला, राजेन्द्रकुमार भण्डारी, गंगाप्रसाद रेग्मी, देवीमाया पोख्रेल (अरुणा), लालनकुमार विश्वकर्मा, दिनेशप्रसाद आचार्य, भूपध्वज बुढाथोकी, नारायण अधिकारी रहेका छन् ।

लोकराज निरौला संयोजक रहेको निर्वाचन मण्डलमा पण्डित केशवप्रसाद अधिकारी, मैयाँ तिम्सिना आचार्य सदस्य थिए ।

यसअघि मञ्चका उद्घाटन कार्यक्रम शुक्रवार भएको थियो । समाजसेवी सरला कायस्थको प्रमुख आतिथ्यमा भएको समारोहमा धरानमा मञ्चले गरेको कार्यहरूको चर्चाका साथै आगामी कार्यक्रमहरूका बारेमा वक्ताहरूले सुझाव दिएका थिए ।