धरान : उदयपुरको चौदण्डीगढी नपा-७ का १९ वर्षीय सागर विश्वकर्मा, २१ वर्षीय सन्जोक राई र २१ वर्षीय निशान मगरलाई प्रहरीले आइतबार लागुऔषध सहित पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार उनीहरूलाई इलाका प्रहरी कार्यालय बेल्टारको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनीहरूबाट ट्रामाडोल १२०, स्पास्पेन १०० ट्याब्लेट प्रहरीले बरामद गरेको छ ।

मोरङ उर्लाबारी-७ का २१ वर्षीय विजय शर्मा, २० वर्षीय पुजन गिरी र १८ वर्षीय सुजन सिवालाई झापाको अस्थायी प्रहरी पोस्ट ताराबारीको गस्ति टोलीले लागुऔषध सहित पक्राउ गरेको छ ।

प्रहरीले उनिहरुको साथबाट ट्रामाडोल ७३ चक्की, स्पास्पेन ८० चक्की बरामद गरेको छ ।

भद्रपुर-१ का २९ वर्षीय प्रन्नयन तामाङलाई १ ग्राम २ मिलिग्राम ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको छ । तामाङलाई वडा प्रहरी कार्यालय भद्रपुरको प्रहरी टोलीले पक्राउ गरेको हो ।