- दिलकुमार घमाल
मानवता र भाइचारा हराउँदै गएको छ हिजोआज
रिस र डाहले मन भराउँदै गएको छ हिजोआज
मानवता र भाइचारा......
जमाना उस्तो कि मान्छे उस्तो खुट्याउँदै गाह्रो छ
एक-आपसबिचै फाटो गराउँदै गएको छ हिजोआज
मानवता र भाइचारा......
यतिबेला जताततै विश्वासको सङ्कट परेको छ
छिमेकीले पनि साँध सराउँदै गएको छ हिजोआज
मानवता र भाइचारा......
मान्छेकै कारणले मान्छेले नै नपाउनु दुःख पाइरहेछ
विश्वमै अशान्तिको झन्डा फराउँदै गएको छ हिजोआज
मानवता र भाइचारा......








































































