इटहरी : जनता बहुमुखी क्याम्पस इटहरीको पूर्व विद्यार्थी भेलाबाट सर्वसम्मत कार्यसमिति चयन भएको छ । मिलन त्रितालको नेतृत्वमा ११ सदस्यीय पहिलो कार्यसमिति चयन भएको हो ।

संस्थापक पूर्व विद्यार्थी समाजको उपाध्यक्षमा रूप नारायण भट्टराई (रुपेश), सचिवमा युवराज काफ्ले, कोषाध्यक्ष मिलन कार्की र सहसचिव यमुना बस्नेत चयन भएका छन् । सदस्यहरूमा रन्जिता नेपाल, सबिन चौंलागाई, विवेक भट्टराई, सम्झना कुमारी चौधरी, एन्जिला चौंलागाई र सम्झना दाहाल सर्वसम्मत चयन भएका हुन् । 

निर्वाचित समितिको पदस्थापन पश्चात् सम्पूर्ण पूर्व विद्यार्थीलाई एकजुट गराएर क्याम्पसको स्तर वृद्धिमा लागिपर्ने अध्यक्ष त्रितालले बताए । अध्यक्ष त्रितालले क्याम्पसले निर्माण गर्न लागेको होस्टेलको लागि एक लाख व्यक्तिगत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

janta-campus-Student