धरान : आठौँ हराइजन कप बास्केटबल थ्री बाई थ्री विशेष संस्करण विजेताको उपाधि ब्रदर्श बी टिमले चुमेको छ।
श्री प्रावि स्थित हराइजन बास्केटबल कोर्टको हाफ कोर्टमा आज बिहीबार भएको फाइनल खेलमा 'ब्रदर्श बी'ले २१-१० अङ्कले युवा जागृति ओजी टिमलाई हराउँदै उपाधि चुमेको हो ।
उपाधिसँगै विजेता ब्रदर्श बास्केटबल क्लबको बी टिमले नगद ४० हजार रुपैयाँ सहित ट्रफी, मेडल प्राप्त गरेको छ । युवा जागृति क्लबको ओजी टिमले उपविजेतामा चित्त बुझाउँदै नगद २० हजार सहित कप, मेडल प्राप्त गरेको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी ब्रदर्शका प्रथम राईलाई घोषित गरियो । उनले प्रतियोगीताका बेस्ट प्लेयरको उपाधि, ट्रफि सहित नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
समापनको अवसरमा खेलकुदलाई पत्रकारिता क्षेत्रबाट लामो समयदेखि योगदान पुर्‍याउँदै आएकी ‘दिव्य रोशनी’ साप्ताहिक, अनलाइनकी सम्पादक/प्रकाशक मनिता चाम्लिङलाई नगद ५ हजार रुपैयाँ सहित सम्मान पत्र प्रदान गरियो ।
समापन समारोहमा प्रमुख अतिथि धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तिलक राईले धरानको बास्केटबल प्रतियोगिताको संस्थागत विकासको सुरुआत हराइजन क्लबले गरेको बताए ।
राष्ट्रिय प्रतियोगिता गर्दै आएको हराइजनको बास्केटबल कोर्ट विद्यालय भवन निर्माणका कारण हटाउनु परेकोले यसपालि विशेष संस्करण मात्र आयोजना गर्नु परेको सुन्दा दुःख लागेको उनले बताए ।
निवर्तमान मेयर राईले भवन बन्नु सकारात्मक भए पनि समयमै कोर्ट निर्माण नहुनु दुःखको कुरा भएको उल्लेख गर्दै बास्केटबल कोर्ट पूनःनिर्माणमा आफ्नो तर्फबाट सक्दो महल गर्ने प्रतिबद्धता जनाए ।
समापन कार्यक्रम हराइजन क्लबका अध्यक्ष श्रीभक्त राईको सभापतित्वमा भएको थियो । वार्षिक रूपमा फुलकोर्टमा राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्दै आएको क्लबले भवन बनाउँदा पूर्व तर्फको कोर्टका भत्काएको हुँदा यसपालि थ्री बाई थ्री संस्करण आयोजना गर्नु परेको हो ।
अध्यक्ष श्रीभक्तका अनुसार मेयर हर्क साम्पाङले प्रतियोगिता आउन अघि बनाइदिने सहमति गर्नु भए पनि कोर्ट बन्न नबनेकोले फुलकोर्टमा आयोजना गर्न नसकिएको बताए ।
उपाध्यक्ष पञ्जकला राईका अनुसार नयाँ कोर्ट निर्माणका लागि ८ लाख ५० हजारको लागत स्टिमेट बनिसके पनि यसपालि कोर्ट नबनेकोमा दुखेसो पोखिन । क्लबले डेलिगेसन गएर आग्रह मेयरलाई आग्रह गरेको उनको भनाई छ ।horizen-cup-KapuriNewsmanita-Chamling-KapuriNews