धरान : धरान रङ्गशालामा जारी हाम्रो धरान भेट्रान फुटबल कप तेस्रो संस्करणको आज सोमबार सम्पन्न अन्तिम क्वाटर फाइनल खेलमा सिमरा भेट्रान क्लबलाई ५-० गोलले पराजित गर्दै हाम्रो इटहरी भेट्रान प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलमा हाम्रो इटहरी भेट्रानका लीलाराम मगरले १ गोल, दिपेन राई १ गोल, सन्तोष राई २ गोल, निर्मल तामाङले १ गोल गरे ।

खेलको म्यान अफ दि म्याच हाम्रो इटहरी भेट्रानका निर्मल तामाङ घोषित भए । उनले नगद २ हजार रुपैयाँ प्राप्त गरे ।

निर्धारित ६० मिनेटको खेलमा सिमरा भेट्रान सिमराले थुप्रै गोल गर्ने अवसर पाए पनि गोल गर्न चुक्यो ।

हाम्रो धरान भेट्रान कपको विजेता टिमले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ। उपविजेता टिमलाई ६० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिताको भोली मङ्गलवार हुने सेमिफाइनल खेल दुधे भेट्रान क्लब र धरान भेट्रान क्लब  बिच हुने भएको छ।