धरान : भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्यौपानेको नेपालका आदिवासी जनजातिका भाषा सम्बन्धी नयाँ पुस्तक 'किरात भाषाहरू र नेपाली भाषाको व्यतिरेकी अध्ययन' शनिवार धरानमा विमोचन गरिएको छ ।

टङ्कप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्रको पाँचौँ वार्षिकोत्सवका अवसर आयोजित कार्यक्रममा कोशी प्रदेश सभा सदस्य रमेश कुमार बस्नेतले पुस्तक विमोचन गरेका हुन् । पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको हो ।

सोही अवसरमा पुस्तकबारे परिचर्चा पनि भएको थियो । पूर्व कोशी प्रदेश प्रमुख प्रा.डा. गोविन्द बहादुर तुम्बाहाङ, डा. कैलाश राईले टिप्पणी गरे ।

कार्यक्रमका बिच अनुसन्धान केन्द्रको कार्यालय भवन निर्माणका लागि धरान-१४ मा ११ धुर जग्गा प्रदान गरेका दाता दम्पती बृख बहादुर डङ्गोल र तारा कुमारी डङ्गोललाई सम्मान गरिएको थियो ।

भयवाद अध्ययन केन्द्रको सहयोगमा भएको हो । केन्द्रका अध्यक्ष प्रा.डा. रमेश घिमिरेद्वारा जारी विज्ञप्तिमा केन्द्रले नेपाली तथा नेपाली भाषा, संस्कृति र साहित्य सम्बन्धी अध्ययन र अनुसन्धानका क्षेत्रमा आफूलाई उपस्थापित गर्ने लक्ष्य लिएको उल्लेख गरिएको छ ।

tanka psd neupane book