धरान : धरान रङ्गशालामा जारी हाम्रो धरान भेट्रान फुटबल कप तेस्रो संस्करणको खेलमा रारा भेट्रान क्लब राजारानी सेमिफाइनलमा प्रवेश गरेको छ।

आज शनिवार भएको क्वाटर फाइनल खेलमा मेघा भेट्रान क्लबलाई ४-० गोलले पराजित गर्दै रारा भेट्रान प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित ६० मिनेटको खेलमा राराका विजय राईले २ गोल, सुमन श्रेष्ठले गरेको २ गोल गरे ।

खेलको म्यान अफ दि म्याच सुमन श्रेष्ठ घोषित भए । उनले नगद २ हजार रुपैयाँ प्राप्त गरे ।

खेल अवधिभर मेघा भेट्रानले थुप्रै गोल गर्ने अवसरलाई सदुपयोग गर्न नसक्दा प्रतियोगिताको क्वाटर फाइनलबाट बाहिरिएको छ ।   

हाम्रो धरान भेट्रान कपको विजेता टिमले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ। उपविजेता टिमलाई ६० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।

भोली आइतबारको खेल धरान भेट्रान क्लब धरान  र लखनपुर  भेट्रान क्लब दमक बिच हुनेछ ।