धरान : धरानको सर्वोकृष्ट शारीरिक सुगठकलाई प्रदान गरिने ‘मिस्टर धरान’ उपाधिका लागि असोज १९ गते मिस्टर धरानको २२ औँ संस्करणको शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता हाम्रो व्यायामशालाले आयोजना गर्ने भएको हो । आइतबार आयोजित पत्रकार सम्मेलनमा हाम्रो व्यायामशालाका सञ्चालक अध्यक्ष समिन कला राईले प्रतियोगिता व्यायामशालाको २२ संस्करण हुने जानकारी दिएकी हुन् ।

प्रतियोगिता धरान नगर स्तरीय खुल्ला 'मिस्टर धरान' शारीरिक सुगठन प्रतियोगिता हुने उनले बताइन् । धरान-८ स्थित सभागृहमा प्रतियोगिताको मूल नारा 'राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ रहने छ ।

प्रतियोगितामा धरान भरिका बडी बिल्डरहरूले सहभागिता जनाउने जनाइएको छ । प्रतियोगितामा सहभागीबाट पहिलो चरणमा प्री-जजिङ गरी दोस्रो चरणको फाइनल प्रतियोगितामा २० जना सहभागी गराइनेछ ।

प्रतियोगिता ४ तौल समूह ५५ केजी,६० केजी, ६५ केजी र ७० केजीमा गराइने अध्यक्ष राईले बताइन् । प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार रुपैयाँ र 'मिस्टर धरान'को उपाधि ट्रफी, मेडल प्राप्त गर्नेछ ।

दोस्रोलाई नगद ७५ हजार, तेस्रोले नगद ३५ हजार, चौथोले २५ हजार रुपैयाँ सहित मेडल र प्रमाण-पत्र प्रदान गरिने छ । प्रतियोगिताको व्यक्तिगत विधा वेस्ट पोजर, मस्ट मस्कुलरले नगद १० हजारको दर पुरस्कार प्रदान गरिने छ ।

हरेक तौल समूहका विजेताले ओभरअल राउन्डमा प्रवेश गर्दै उपाधिका लागि भिडन्त गर्न पाउनेछन् । प्रतियोगिताको बिचमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने छ ।

मिस्टर धरान प्रतियोगिता २ वर्ष पछि आयोजना गरिएको हो । अघिल्लो वर्ष २१ औँ मिस्टर धरान आशिष राई घोषित भएका थिए ।