इटहरी : इटहरी खानेपानी उपभोक्ता संस्थाको मतदान सम्पन्न भएको छ। शनिवार ११ स्थानमा मतदान भएसँगै वडा प्रतिनिधि छनौटको निर्वाचन सम्पन्न भएको हो । 

कुल २२०९८ मध्ये ९६१८ मतदाताले मतदान गरेका छन् । १, २० र ८ नम्बर वडामा यस अगाडि नै सर्वसम्मत भएपछि मतदान नभएको निर्वाचन समितिले जनाएको छ । 

वडा प्रतिनिधिको छनौट पश्चात् खानेपानी संस्थाको नयाँ कार्यसमिति चयन हुने बताइएको छ । इटहरी खानेपानीमा नेकपा एमालेको बलियो पकड रहँदै आएको छ । यसपटकको निर्वाचनलाई एमालेले आफ्नो प्रतिष्ठाको विषय बनाएको छ । 

एमालेले माओवादी केन्द्र सहित अन्य दलहरू सँग गठबन्धन गरेको छ भने ४ नम्बर वडामा उम्मेदवारी फिर्ता लिएको नेपाली काँग्रेसले अन्य वडामा एकल प्रतिस्पर्धा गरेको छ ।

वर्तमान अध्यक्ष रामप्रसाद चौलागाईंको कार्यकाल सकिएपछि नयाँ समिति छनौट प्रक्रिया अगाडि बढेको हो । नयाँ अध्यक्षको लागि एमालेकै प्रेम बस्नेतको तयारी छ । बस्नेतले ६ नम्बर वडाबाट वडा प्रतिनिधिमा प्रतिस्पर्धा गरेका छन्  ।