इटहरी : इटहरी खानेपानी उपभोक्ता संस्थाले जग्गा खरिद बोलपत्र आह्वान गरेको छ । इटहरी-१९ मा ओभरहेड ट्याङ्की निर्माणको लागि जग्गा खरिद गर्न लागेको हो ।
कित्ता नम्बर मात्र उल्लेख गर्न बाँकी राखेर प्रकाशित गरिएको सूचनामा जग्गाको यकिन क्षेत्र थाहा पाउन सकिन्छ । कसको जग्गा खरिद गर्न लागिएको हो भन्ने प्रष्ट नभए पनि पुर्वनिर्धारित योजना अनुसार जग्गा खरिद गर्न लागिएको देखिन्छ ।
गत वैशाख २१ गते प्रकाशित सूचना नम्बर ०३/२०७९/२०८० मा ३१ दिन दिउँसो १२ बजे भित्र बोलपत्र बुझाउनु पर्ने सुचनामा उल्लेख छ।
बढीमा १५ कठ्ठा सम्म क्षेत्रफल भएको जग्गा "जङ्गलको सिमा क्षेत्रबाट दक्षिण, रामधुनि नगरपालिका वडा नं.७ को सिमानाबाट पूर्व बरमपुर चौकबाट पश्चिम र जंगलु टोलको सिधा पूर्व पश्चीमको उत्तर" मा हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
सो जग्गामा एउटा ओभरहेड ट्याङ्की र तिनवटा डिपवेल निर्माण गरिने भएको छ ।
उपयुक्त स्थानमा चारकिल्ला भित्र पर्ने गरी जग्गा आह्वान गरिएको संस्थाका एक कर्मचारी राजु दंगालले बताए । कसको जग्गा पर्छ भन्ने बारे चासो नभएको बताउँदै उनले बोलपत्र भरेको आधारमा योजना अगाडि बढ्ने जानकारी दिए ।
khanepani-itahari