धरान : पानवारीमा बस्ती बसेको सय वर्ष पुगेको अवसरमा पानवारी शतवार्षिक महोत्सव भोलि फागुन २६ देखि चैत २ गते सम्म सञ्चालन हुँदैछ ।
शुक्रवार आयोजित पत्रकार सम्मेलनमा भोलि देखि हुने महोत्सव धरान-६ स्थित सरस्वती मार्गमा हुने महोत्सव संयोजक राजन दाहालले जानकारी दिए । महोत्सव सयपत्री ब्वाइज युनियन क्लब र धरान-६ वडा कार्यालयको संयोजनमा हुने भएको हो ।
पत्रकार सम्मेलनमा धरान-६ का वडाध्यक्ष भूपेन्द्र भट्टराईले पानवारी बसोबासको आधारले सय वर्ष पुगेको बताए । उनले शेरा र सेउतीखोलामा बाढीका कारण धरान आवात जावत कठिन भएको बेला जनसहभागितामा एक करोडको सेहरा खोलामा पुनः निर्माण भएको बताए ।
महोत्सवमा कोशी प्रदेश स्तरीय छैटौँ भलिबल प्रतियोगिता समेत हुने भएको छ। प्रतियोगितामा सयपत्री बोइज युनियन क्लब पानवारी, धरान उपमहानगरपालिका धरान,बेलबारी नगरपालिका बेलबारी मोरङ, सतिसाले स्पोर्टीङ मोरङ, प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर मोरङ, प्रदेश भलिबल ट्रेनिङ सेन्टर दमक झापा, एमएमसी धरान, बाझगरा भलिबल क्लब सहभागी हुनेछन् ।
प्रतियोगिताको विजयी टिमलाई १ लाख रुपैयाँ र ३५ तोला चाँदीको रनिङ शिल्ड प्रदान गरिने छ । उपविजेताले नगद ५० हजार र प्रमाणपत्र पाउने भएका छन् ।
        
                    
        
                                        
                                                                                                
        
                
        
        
















        
        
















































