धरान : नेपाली सर्ट मुवि ‘निको नहुने रोग’ फागुन २६ गतेको दिन धरान स्थित फ्रेण्डस् सिनेमामा प्रदर्शन हुने भएको छ ।

निर्देशक देउकृष्ण याक्खा तथा भुवन याक्खाले निर्माण गरेको छोटो सिनेमा सर्ट फिल्म ‘निको नहुने रोग’ कुल १६ मिनेटको छ ।

चलचित्रको जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा निर्माता/नायक याक्खाले छोटो चलचित्र निर्माणमा ३ लाख ६० हजार लागत खर्च भएको बताए ।

चलचित्रमा मुख्य भूमिकामा नायक भुवन याक्खा र नायिका निर्मला खजुम लिम्बु रहेका छन् । साथमा वालकलाकारहरू सोनीका याक्खा र योनिसा राईले अभियान गरेका छन् ।

चलचित्रको छायाङ्कन धनकुटा राजा रानी वोधेमा गरिएको हो । पारिवारिक कथावस्तुमा बनाइएको चलचित्रमा आधुनिक देवानको रचना र स्वरमा निको नहुने रोग वोलको एउटा गीत छ ।

चलचित्र प्रदर्शनवाट उठेको रकम मध्येबाट नगद ३० हजार धरानका चर्चित गायक नवराम राईको उपचारको लागि आर्थिक सहयोग गर्ने याक्खाले घोषणा गरेका छन् । गायक राई हाल मिर्गौला रोगको उपचार गराउँदै छन् ।

niko nahuney ghau 2