इटहरी : केदार कार्कीलाई मुख्यमन्त्री समर्थन गर्ने ४७ सांसद एकै पटक प्रदेश प्रमुख कार्यालय पुग्ने भएका छन् । बहुमत सांसदको प्रत्यक्ष सनाखत गराउने निर्णय अनुसार कार्की समर्थित सांसद ठिक ८ बजे कार्यालय पुग्ने भएका हुन् ।
नेकपा एमालेका प्रमुख सचेतक रेवतिरमण भण्डारीका अनुसार ८ बजे समय तोकिएकोले सुरुमै बहुमत सांसदको हस्ताक्षर गराउने तयारी भएको छ। सबै सांसदलाई सोही अनुसार आग्रह गरिएकोले बेलैमा सनाखत हुने उनले बताए ।
कार्कीलाई एमालेका ३७ र नेपाली काँग्रेसका ८ सांसदको समर्थन छ । गठबन्धनबाट माओवादी केन्द्रका इन्द्र बहादुर आङ्बोलाई अगाडि सार्ने निर्णय भएपछि कार्कीले विद्रोह गरेका हुन् ।
उनी शुक्रवार नै बहुमत सांसदको उपस्थितिमा प्रदेश प्रमुख कार्यालय पुगेका थिए ।