इटहरी : कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्कीलाई समर्थन गरेका ४७ सांसद कोशी प्रदेश प्रमुख कार्यालय पुगेका छन् । प्रतिनिधिसभा सदस्य तथा काँग्रेस नेता सुनिल शर्मा सहित प्रदेश सभाका बहुमत सांसदले प्रमुखको कार्यालय पुगेका हुन् ।

संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि लागि दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समय सकिएको छ । कार्कीले आफ्नो दल काँग्रेसका ८ र एमालेका ३९ प्रदेश सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका छन् ।

कार्कीलाई मुख्यमन्त्री चयन गर्न नेकपा एमाले सँग वार्ता प्रारम्भ गरेका शर्माले भौतिक उपस्थिति जनाएका छन् ।