धरान : धरानमा सञ्चालन भइरहेको दोस्रो धरान मेघा-रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिताको दोस्रो दिन हिजो मङ्गलवार भएको खेलबाट प्रभात स्कुल, डिपो स्कुल, धरान उच्च र सियोन स्कुल क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

प्रभात स्कुलले हिमशिखर तरहरालाई ३३-२९, डिपो स्कुलले आयोजक धरान मेघालाई ३९-३४, धरान उच्च विले विष्णु स्कुललाई ३१-२०, सियोन स्कुलले आदर्श म्यानेजमेन्ट स्कुल बिर्तामोडलाई २७-१९ र धरान उच्च एले युएन नवदयलाई ५७-१९ अङ्कको अन्तरले पराजित गर्दै क्वाफाइनल प्रवेश गरेको हो ।

पहिलो खेलमा प्रभात स्कुलका लियोन राईले व्यक्तिगत १५ अङ्क, दोस्रो खेलमा डिपोका रूपक श्रेष्ठले १८, तेस्रो खेलमा धरान उच्च विका प्रमिस रानाले १३, चौथो खेलमा सयोन स्कुलका सम्योग राईले ९ र उच्च ए का पियुस तामाङले १७ अङ्क जोडेका थिए ।

मेघा हिमालयन कलेजद्वारा आयोजित प्रतियोगीताका आज बुधवार धरान आदर्श र वाल संसार धनकुटा, डिपो स्कुल र धरान उच्च ए, होलिल्याण्ड र सियोन स्कुल र प्रभात स्कुल र धरान उच्च वि टिम बिच क्वाटर फाइनल खेल हुँदै छ ।