धरान : अनुगमनको नाममा अनधिकृत व्यक्ति, युट्युबरहरुले धरानका सम्मानित प्रतिष्ठित डाक्टर तपनकुमार तरफदारको भिडियो खिचेर मानमर्दन गर्ने प्रयास गरेकोमा सुनसरी उद्योग वाणिज्य सङ्घले त्यस्तो कार्यको भर्त्सना गरेको छ ।
सङ्घले बिहीबार एक वक्तव्य जारी गर्दै भनेको छ ‘अनुगमनको नाममा आधिकारिक प्रतिनिधिहरूको अनुपस्थितिमा व्यक्तिको गोपनीयताको हक विरुद्ध मानमर्दन हुने गरी फोटो भिडियो खिचेर प्रसारण गर्ने क्रियाकलापको यो सङ्घ घोर भर्त्सना गर्दछ ।’
गएको बुधवार धरान उपमहानगरपालिकाको अनुगमनको नाममा अनधिकृत व्यक्ति, युट्युबरहरुको समूहले धरान–१ स्थित उनको क्लिनिकमा प्रवेश गरी बिरामीहरूको जाँचका लागि उनले प्रयोग गर्दै आएको ल्याबको बारे दुव्र्यवारपूर्ण व्यवहार गर्दै त्यसको भिडियो, फोटो खिचेर सामाजिक सञ्जालमा राखेका थिए ।
सङ्घले उक्त घट्नाको भर्त्सना गर्दै वक्तव्यमा अनुगमनको नाममा स्थानिय सरकारले व्यवसायी माथि ज्यादती गर्ने गरिएको समेत देखिएको उल्ले गरेको छ । स्वास्थ्य संस्थाहरूलाई कानुनी प्रक्रियामा ल्याउनु राज्यको दायित्व भएको उल्लेख गर्दै तर अनुगमनको नाममा मानमर्दन गरिनु भर्त्सना योग्य घटना भएको वक्तव्यमा उल्लेख छ ।
धरानको खानेपानीमा दिशा पिसाबमा पाइने कोलिफर्म भेटिएको कुराले धरानवासीलाई झकझकाएको उल्लेख गर्दै वक्तव्यमा ‘खानेपानी जस्तो जीवनको अपरिहार्य श्रोतमा गरिएको खेलबाड अक्षम्य अपराधको कोटीमा पर्दछ’ भन्दै ‘यो कार्यको हामी घारे विरोध गर्दै तुरुन्त खानेपानी प्रशोधन गरेर मात्र वितरण गर्न पनि अनुरोध गर्दछौँ ।’





![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































