इटहरी : नयाँ घर बनाउँदा इटहरी उपमहानगरपालिका आफैले नक्सा बनाइदिने कार्य आजबाट सुरु भएको छ ।

भवन निर्माण आचारसंहिता अनुसारका घर बनाउन सघाउने गरी उपमहानगरपालिकाले आफैले नक्सा बनाउन आजैबाट औपचारिक रूपमा सुरु गरेको हो ।इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेलले स्थानीयले भवनको नक्सा बनाउँदा चर्को शुल्क तिर्नुपरेको गुनासो आएकाले उपमहानगरपालिकाले आफैले नक्सा बनाउन सुरु गरेका छौ मेयर पौडेलले भने ।

नक्सा उपमहानगरपालिकाले नै बनाइदिन्छ’, मेयर पौडेलले भने, ‘ आज साउन १ गतेदेखि यो सेवा लिन पाउनेछन् ।

भूकम्प प्रतिरोधी घर निर्माणमा स्थानीयलाई जागरूक बनाउन उपमहानगरपालिकाले नै चाहे अनुसारको नक्सा बनाइदिन लागेको उनले बताए ।

‘प्राइभेट इन्जिनियरिङ कन्सल्टेन्सीमार्फत घरको डिजाइन बनाउँदा धेरै महँगो पर्‍यो भन्ने गुनासो आएको छ”, उनले भने । अब हामी आफै जनताले चाहे अनुसारको नक्सा बनाइ दिन्छौ ।