धरान : कोशी प्रदेश नाम खारेजी, पून: नामकरणको संयुक्त सङ्घर्ष समितिले जेठ १४ गतेको प्रदर्शन अघि र पछि पक्राउ गराएका आन्दोलनकारीलाई आज दिनभरमा बिनासर्त मुक्त नगरिएमा भोलि बुधवार देखी प्रदेशव्यापी आम हडतालको आव्हान गरिने चेतावनी दिएको छ ।

संयुक्त सङ्घर्ष समितिले सोमवार साँझ जारी गर्दै प्रदेश सरकारलाई त्यस्तो चेतावनी दिएको हो । वक्तव्यमा भनिएको छ ‘२०८० जेठ १६ गते कार्यालय समय भित्रमा विना सर्त रिहाइ नगरेमा २०८० जेठ १७ गते बिहानदेखि अनिश्चितकालीन प्रदेशव्यापी आम हडताल गर्न बाध्य हुने यसै विज्ञप्ति मार्फत चेतावनी दिन चाहन्छौँ ।’

कोशी प्रदेश सभाको आइतबार सुरु भएको बजेट अधिवेशनसँगै संयुक्त सङ्घर्ष समितिले गरेको शान्तिपूर्ण प्रदर्शनमा हवाई फायर, अश्रुग्याँस, पानीको फोहरा प्रहार गर्दै हस्तक्षेप गरेको थियो । प्रदर्शनको क्रममा र अघि पछि ८६ जना नेता कार्यकर्ताहरूलाई गिरफ्तार गरेकोमा २७ जनालाई अहिले सम्म रिहा नगरेको वक्तव्यमा उल्लेख छ ।

वक्तव्यमा भनिएको छ ‘प्रहरीले अस्पतालमा उपचार गराइरहेका घाइतेहरूलाई समेत गिरफ्तार गरेका ८६ मध्ये २७ जनालाई २०८० जेठ १५ गते साँझसम्म रिहाइ गरिएको छैन ।’

आन्दोलनलाई दमन गर्न भएको प्रहरी हस्तक्षेपमा ११ जना गम्भीर घाइते भएका छन् । गणेश मिभक-मिक्लाजुङ मोरङ, सञ्जय राई-खोटाङ, भवानीविक्रम शेर्मा-शिवसतासी झापा, सोनाहाङ राई-बिर्तामोड झापा, अशोक घिमिरे-दमक झापा, विकेश राई-चुलाचुली इलाम, प्रकाश लिम्बू-इलाम, सामी पालुङ्वा-अर्जुनधारा झापा, चन्द्र कुमार राई-धरान सुनसरी, नरेन्द्र लिम्बू-कमल झापा, किरण लिङदेन, झापा रहेको वक्तव्यमा उल्लेख छ ।

हालसम्म प्रहरीले नछाडेका नेता कार्यकर्ताहरूमा अशोक चेम्जोङ, खड्का लिम्बू, कुलप्रसाद लिम्बू, सुकराज लिम्बू, सुकराज थेबे, सञ्जिव लिम्बू, ताराकुमार लिम्बू, मनकुमार थेगिम, आरभि लिम्बू, प्रयास बान्तवा राई, नवीन पोमु, प्रदीप लिम्बू, सिताराम राई, सन्तोष सम्बाहाम्फे, जेबी साँबा, दुर्गा मगर, मनकुमार लिम्बू, शङ्कर लिम्बू, अमृत राई, प्रमोद लिम्बू, सुमन केरुङ, पदम खेवाङ, रोशन लिम्बू, छबिरमण सार्की, कुसुम राई, राजभक्त लिम्बू र मन कुमार माखिम रहेका छन् ।

पक्राउ परेका नेता कार्यकर्ताहरूमा जीवन हाताचो राई, कृष्ण चोङ्बाङ, गोबिन्द्र आङबुहाङ लिम्बू, अशोक चेम्जोङ, थाङसाङ लावती, देवान राई, विष्णु भट्टराई, भीम राई, मञ्जु सोताङ राई, नागेशचन्द्र राई, छिला राई, हर्कराज लिम्बू, अशोक चेम्जोड लिम्बू, सुजन लिम्बू, शुसान राई, प्रयास बान्तवा राई, दिपा आदाङ्मा लिम्बू, सन्तकुमार राई, सुनिल लावती, पुजन राई, बुद्धराज लिम्बू छन् ।

यस्तै सुदिप राई, प्रेम लिम्बू, ज्ञानेन्द्र लिम्बू, विवश लिम्बू, गणेश लिम्बू, सोम याक्खा, सङ्घर्ष राई, सुबिन्द्र थेगुवा लिम्बू, मानध्वज सम्बाहाम्फे, थेगुवा तायेमहाङ, बीरेन्द्र खारा, सोम लिम्बू, सन्दीप लावती, सागर शेर्पा, भूमिका राई, रूपेश लिम्बू, सोमकुमार लिम्बू, साहास राई, दिलबहादुर पन्धाक, बिष्णुकुमार चोङबाङ, तारानाथ सुब्बा, ज्ञानेन्द्र राई पक्राउ परेका थिए ।

साथै रामबहादुर लिम्बू, सिताराम राई, राजभक्त सङ्मी लिम्बू, सञ्जिप योङ्हाङ, मनकुमार लिम्बू, सिर्जना बेघा, दीपकला लिम्बू, गणेश मिवक लिम्बू, सन्तोष सम्बाहाम्फे, रोशन लिम्बू, सुमन केरुङ, मानप्रसाद मादेन, कुलप्रसाद लिम्बू, सुमन लावती, प्रजना राई, अमृतकुमार राई, सुक्रराज थेबे, मनकुमारी बेघा, नवीन लिम्बू पोमु, सुकुम राई, ताराकुमार लिम्बूलाई प्रहरीले पक्राउ गरेको थियो ।

यस क्रममा सुक्रराज लिम्बू, सोना ओख्राबो लिम्बू, शंकर लिम्बू, जेबी साँबा, कमला चाम्लिङ राई, प्रमोद लिम्बू, छबिरमण सार्की, स्वर्णिमहाङ लिम्बू, दुर्गा प्रसाद मगर, विजय विक्रम लिम्बू, पदमविक्रम लिम्बू, प्रदीप लिम्बू, खड्गबहादुर लिम्बू, रुद्रबहादुर तामाङ, भक्तबहादुर लिम्बू, कमलसिंह तिगेला, दौलतमान खेवा, कृष्णबहादुर कटुवाल, देवी नारायण लिम्बू, राष्ट्र राई, सूर्यमान लिम्बू, लेखराज थेबे, उपार्जन चाम्लिङ राई गिरफ्तारीमा परेका थिए ।

arrest-by-police-3वक्तव्यमा भनिएको छ, विराटनगरमा मात्र होइन, प्रहरीले विभिन्न स्थानबाट आन्दोलनमा आउने नेता कार्यकर्ताहरूलाई १० ठाउँसम्म रोकेर चेकजाँचको बहानामा दुःख दिएका छन् । सहिद रङ्गशाला छेउदेखि देवकोटा चोक नजिक पुग्दा प्रहरीले सयौँ टियर ग्यास, पानीको फोहोराको साथै दर्जनौँ हवाई फायर गरेर आन्दोलनकारीलाई आतङ्कित पार्ने काम भयो । विभिन्न निजी घरहरूका साथै स्वास्थ्य मन्त्रालयको छतबाट समेत प्रहरीले टियर ग्यास प्रहार गरेका थिए ।

प्रहरीले आन्दोलनकारी नेता, कार्यकर्ता आउँदा सडकदेखि विराटनगरमा समेत अनुहार हेरेर आदिवासी जनजाति चेहरा देख्नासाथ फरक व्यवहार गरे । आन्दोलनकारीहरूलाई मात्र नभएर सडकमा आदिवासी जनजाति अनुहार देख्नासाथ कुटपिट, धरपकड तथा गाली गलौज गरिएको विभिन्न व्यक्तिहरूबाट रिपोर्ट आएकाले चेहराको भरमा गरिएको साम्प्रदायिक व्यवहारको घोर भर्त्सना गर्दछौँ।

संयुक्त सङ्घर्ष समितिले पक्राउ परेका राजनीतिक तथा सामाजिक सङ्गठनका नेताहरूलाई राजबन्दीको रूपमा नलिई अपराधी सरह व्यवहार गरिरहेको आरोप लगाएको छ । प्रदेशमा  बसोबासरत जनताले दुई दशकदेखि प्रदेशको नाम पहिचानको आधारमा नामकरण गर्न शान्तिपूर्ण आन्दोलनमा रहेको जगजाहेर छ ।

यस अवधिमा भूगोल, इतिहास, सभ्यता, भाषा, संस्कृतिको सम्मान, शान्ति, समृद्धि, समाजवाद र थप राष्ट्रिय एकताको लागि पहिचानको आधारमा नामकरण गर्न शान्तिपूर्ण धर्ना, जुलुस, प्रदर्शनहरू गर्दै आएका छौँ । छापामार शैलीमा शासक जातीय एकल नश्लीय गोत्रीय आधारको कोशी नाम जबरजस्ती राखिएपछि प्रदेशवासी जनता निरन्तर आन्दोलनमा रहेको वक्तव्यमा उल्लेख छ ।

jestha-15-PR-1jesha-15-Pr-2