- लोकराज निरौला
लेखकको संक्षिप्त परिचय :
पूर्वी नेपालको इलाम माइमजुवा मूल थलो भई झापाको माइधार-८ मा पिता मुक्तिप्रसाद र माता राधादेवी खनालको कोखबाट २०२५ साल २९ गते जन्मनुभएका खेमराज खनालको अक्षरारम्भ घरमै पिताजीले गराउनु भएको हो । त्यस पछिको प्राथमिक तहको शिक्षा गाउँमै खुल्ने विद्यालय र संस्कृत पाठशालाबाट प्राप्त गर्नु भयो । त्यस पछिको माध्यमिक तहको शिक्षा भारतको सुलिगुडी अयोध्या र उच्च शिक्षा वृन्दावन नेपालको तत्कालीन महेन्द्र संस्कृत विश्व विद्यालय पिण्डेश्वर विद्यापीठ संस्कृति विश्व विद्यालयबाट भएको थियो ।
२०५१ सालमा आंशिक शिक्षकको रूपमा हालको नेपाल संस्कृत विश्वविद्यालय पिण्डेश्वर विद्यापीठबाट शिक्षण पेशामा संलग्न हुनुभएका खनाल २०५४ साल देखि सोही विद्यापीठमा नै स्थायी उपप्राध्यापक पदमा कार्यरत हुनुहुन्छ । उहाँले अध्यापन सँगै सुकुना बहुमुखी क्याम्प मोरङबाट एक वर्षे बी.एड, स्नातकोत्तर क्याम्पस विराटनगरबाट एम.ए., महेन्द्र बहुमुखी क्याम्पस धरानबाट कानुनी स्नातक गर्नु भएको छ ।
लेखन प्रारम्भ :
झापा जिल्लामा जन्म भए पनि सुनसरीको धरानमा अवस्थित पिण्डेश्वर विद्यापीठमा अध्ययन गर्न आएदेखि नै अध्यापन पेशा र साहित्य सृजनाको कर्मथलो बनाउनु भएका खनालले विद्यार्थी जीवनबाट लेख, कविता र कथा विधा लेखनमा रुचि राख्दै आउनु भएका खनालको लेखनको सुरुवात चाहिँ सालमा कविताबाट भएको हो । हाल थुप्रै फुटकर लेख रचना, कथा, कविताहरू स्थानीय पत्रपत्रिका साहित्यिक मुख पत्र, विशेषाङ्कहरू र राष्ट्रिय स्तरका प्रकाशनहरूमा प्रकाशित भइसकेको र भइरहेका छन् ।
प्रकाशित र अप्रकाशित कृति :
साहित्य सृजनामा झण्डै चार दशक बिताइसक्नुभएको खनालको पहिलो प्रकाशित कृति लघु कथा सङ्ग्रह भोट भोटो र भुक्तमान २०६७ सालमा प्रकाशित कृति हो । पद्य कविता सङ्ग्रह उहाँको प्रकाशन उन्मुख अप्रकाशित कृति रहेको छ ।
लघु कथा सङ्ग्रहका विषयवस्तु :
खेमराज खनालको लघुकथा सङ्ग्रहमा ९२ वटा लघुकथाहरू सङ्ग्रहमा सङ्गृहीत रहेका छन् सङ्ग्रहको पहिलो कथा सासू बुहारी अन्तिम ९२ कथा अर्ना र ब्वाँसाहरू र ९० औँ कथा भोटभोटो र भुक्तमान हो । यही कथाको शीर्षकबाट खनालको कृतिको नामकरण भएको हो ।
कथासार :
खनालको कृतिको पहिलो कथा सासू बुहारीमा हाम्रो नेपाली समाजमा सासूले छोरी र बुहारीलाई गरिने विभेदपूर्ण व्यवहार र मानवीय प्रवृत्ति छ । कथाकी पात्र नन्दाले सासूबाट र नन्दहरूबाट धेरै यातना, अपमान र विभेदका व्यवहारहरूलाई सहेर गाउँले परिवेशको दुःखलाई सहेर नै उनले घर व्यवहार धान्दै आएकी थिइन ।
सासू वृद्ध भएर रोगी बिरामी हुँदा तिनै हेपिएकी बुहारीले स्याहारसुसार गरेर बसिन गाउँलेले उनलाई त्यस्ती छुच्ची सासूलाई के हेरचाह गरेको भनेर उनलाई उल्क्याउँदा पनि उनले कसैको कुरा सुनिनन् । बरु उल्टै सासूबाट आफूले पाएको दुःख सास्तीलाई सम्झेर आफूm सासू भएपछि बुहारीलाई कहिल्यै, दुःख दिने सङ्कल्प गरिने ।
यस कथामा मान्छेले मान्छेलाई दुर्व्यवहार गर्नु हुँदैन, मानिस सधैँ शक्तिशाली हुँदैन, मान्छे हेलाको फेला पर्न सकिन्छ र मान्छेले धेरै अप्ठ्यारो बेलामा पनि आफ्नो कर्तव्य पथमा कति पनि विचलित नभई लागिरहेमा जीवन सार्थक हुन्छ भन्ने शिक्षाको सन्देश दिएको छ ।
खनालको अन्तिम कथा अर्ना र ब्वाँसाहरूमा उहाँले आफूले वास्तविक जीवनमा आधारित कथा बताउनुभएको छ । यस कथामा आफूm शिक्षित भएकोले शिक्षित नै पत्नी विवाह गरेको र घरजम राम्रै चलेको, पछि केही छुद्र महिलाहरूको जमातले आफ्नी श्रीमतीलाई उछालेर आफू माथि धेरै अपमान गरेर झुटा आरोपहरू लगाएको पिडा प्रकट गरिएको छ ।
जीवनमा कमाएको सम्पत्ति लिएर अलग भएकी श्रीमतीले सम्पत्तिमा विश्वास गरिन आफूले श्रममा विश्वास गरेर जीवन चलाइरहेको उजागर गरिएको छ । यस कथामा आफू घाइते अर्ना भएको र आफूमाथि अपमान अन्याय गर्ने आफ्नै श्रीमती र छुद्र महिलाहरूको जमातलाई अरूको खुन पसिना चुसी खाने ब्वाँसाहरूको संज्ञा दिएका छन् । मानिस शिक्षित भए पनि मानवीय व्यवहार र विचारमा स्पष्टता छैन भने प्रमाणपत्रमा मात्र शिक्षित भएर मात्र केही हुँदैन भन्ने सन्देश दिइएको पाइन्छ ।
खनालको भोट भोटो र भुक्तमान कृतिको नामकरण समेत राखिएको छ । यो कथाको भुक्तभोगी पात्र हो भुक्तमान । उसले पञ्चायत काल देखि प्रजातन्त्र गणतन्त्र काल सम्मका भुक्तमानलाई पनि भोगेको छ । पञ्चायत कालमा हँसिया लिएर घाँस काट्न गएको जादु बन जाँतेले मारिदिएका थिए । उनको माग जङ्गलमा किसानले घाँस काट्न पाउनु पर्छ भन्ने मात्र थियो ।
२०४६ सालमा सहरमा काम गर्न गएको उनको भाइ उतै सहिद भयो र आजसम्म लास सम्म देख्न पाएको छैन । द्वन्द्धकालमा ५७ सालमा सुरक्षाकर्मीले छोरी माथि जबरजस्ती गर्थे, अहिले अर्धपागल अवस्थामा छे । सहरमा मिस्त्री काम गरी खाने जेठो छोरो आतङ्ककारीको नाममा मारियो, अपहरणमा परेको कान्छो छोरो उसको अझै अत्तोपत्तो छैन । उसकी जहान अर्धपागल छोरी तीन जनाको परिवार बनीबुतोमा नै चलेको छ ।
यो भन्दा बढी भुक्तमानले भोग्नुपर्ने नै के छ र ? २०४६ सालमा फेरी भोट आयो नयाँ पुराना सबै नेताहरू उनको घरमा आए त्यो दिन उसलाई सबैले भुक्तमान जी नमस्कार गरे, भुक्तमानलाई सारै गाह्रो छ यो हाम्रो नेताले पटाइदिएको उपहार भन्दै कसैले भोटो ल्याइदिए । त्यो उपहार देखि भुक्तमानलाई धेरै रिस उठ्यो । उसले आफूmले भोगेको र परेको पीडामा मलम पट्ट गर्न सक्छौ भनेर प्रश्न सोध्यो सबै दायाँबायाँ लागे यस पटक भुक्तमानले गाउँकै माल्दाई उम्मेदवार भएकोले नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवारलाई भोट दिने निर्णय गरेर रातो झण्डा बोकेर भोट माग्न हिँडे ।
कथाका पात्र :
खनालका लघु कथाका पात्रहरू निम्न मध्यम वर्गीय श्रमजीवी किसान मजदुरहरू शोषित पीडित वर्ग समुदायहरूलाई जीवन प्रति आशावादी र आदर्श पात्रको रूपमा प्रस्तुत गरिएको छ । राजनीतिक ढाँटछल गरी आम श्रमजीवी किसान मजदुर, दलित महिला माथि शोषण उत्पीडन थोपर्ने आदर्शवादी राजनीतिज्ञ उच्च जातीय अहङ्कार बादी साहु महाजनहरूलाई खलपात्रको रूपमा प्रस्तुत गरिएको छ ।
वर्गीय पक्षधरता :
खनालको कथाको पात्र चयनबाट नै थाहा हुन्छ कि, कथामा कुन वर्ग र समुदायको पक्षधरता रहेको छ । भनेर उहाँको स्पष्ट पक्षधरता श्रमजीवी किसान, मजदुर, दलित महिला केही मानवीय, कमजोरी र प्रवृत्तिका पक्षमा रहेका छन् ।
दार्शनिक स्पष्टता :
खनालको लघुकथा सङ्ग्रहमा सङ्गृहीत कथाहरूमा दार्शनिक वैचारिक स्पष्टता पाइन्छ । उहाँले मार्क्सवादी दर्शनको साहित्य सौन्दर्यको दायराभित्र रहेर उहाँले कथा रचना गर्नुभएको छ ।
भाषा शैली :
संस्कृत साहित्य विद्यामा उच्च शिक्षा हासिल गरेका खनालका कथामा प्रयोग भएका भाषाशैली अत्यन्त सरल सामान्य साक्षर व्यक्तिले पनि पढ्न र बुझ्न सक्ने भाषा शैली रहेको पाइन्छ । उहाँले चाहेको भए सामान्य व्यक्तिले बुझ्न नसक्ने शैलीको प्रयाग गर्न सक्नुहुन्थ्यो । यसै भाषा शैलीका कायारण उहाँका कथा एक पछि अर्को पढीरहुँ जस्ता पठनीय छ ।
निष्कर्ष :
खनालका लघुकथा सङ्घर्षमा सङ्गृहीत सबै कथाहरू हाम्रो नेपाली मौलिक जीवनशैली र प्रवृत्तिसँग अत्यन्त सान्दर्भिक छन् । यहाँ रहेका एउटै दर्शनलाई मार्गदर्शक सिद्धान्त मानेर राजनीति गर्ने धेरै कम्युनिस्ट पार्टीहरू छन् तर धेरै कथाहरूमा आफूलाई आस्था राखेको पार्टी नै तोकेर उदाहरण पेस गर्नु र केही पारिवारिक कचीङगलका कुरा जस्तै पत्र–पत्रिकामा आएका समाचारलाई समेत कृतिमा समावेश गरिनुले कृतिलाई अलिक भद्दा र अशोभनीय जस्तो पनि बनाएको जस्तो लाग्छ
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
                 
         
        
















 
         
        

















































 
         
         
        