विराटनगर : विराटनगर-१४ मा अवस्थित एस्पायर कलेजमा इम्प्रोम्टु इभेन्ट सम्पन्न भएको छ । यसै वर्ष देखि काठमाण्डौं विश्वविद्यालयको साझेदारी कार्यक्रमका रूपमा सञ्चालित एस्पायर कलेजमा आज विद्यार्थीहरू माझ इम्प्रोम्टु इभेन्ट कार्यक्रम गरिएको हो ।
कार्यक्रममा ४४ जना विद्यार्थीहरू सहभागी थिए । स्थापनाको पहिलो वर्षमा नै विश्वविद्यालयले प्रदान गरेको कोटा अनुसार विद्यार्थी भर्ना गरेर कक्षा सुरु भएको एस्पायर कलेजमा बि.टेक.एड.आइटी र होटेल मेनेजमेण्ट सम्बन्धी बिपिएच कार्यक्रमहरू सञ्चालनमा छन् ।
यो बदलिँदो समाज र विश्व बजारमा मिल्ने कोर्ष भएको हुँदा विद्यार्थीहरूमा काठमाडौँ विश्वविद्यालय प्रति आकर्षण बढ्दै गएको र एस्पायर कलेजमा विद्यार्थीको शिक्षण सिकाईका निमित्त सम्पूर्ण पुर्वधारहरुको व्यवस्था भएको , आगामी दिनमा विश्वविद्यालयका अन्य कार्यक्रमहरू पनि सञ्चालन गर्ने कुरा कलेजका अध्यक्ष विकास अधिकारीले बताए ।
कार्यक्रममा बोल्दै कलेजका प्रमुख सी.एम.बस्नेतले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागी कुनै कसर बाँकी नराख्ने र सिप ,संस्कार र प्रविधिमैत्री विश्व बजारमा खपत हुने दक्ष जनशक्ति उत्पादन गर्ने बताए ।
कार्यक्रममा प्रमुख बस्नेतले काठमाण्डौं विश्वविद्यालय नेपालको प्रथम श्रेणीमा पर्ने विश्वविद्यालय भएको र यस विश्वविद्यालयमा कुनै प्रकारको राजनीतिक हस्तक्षेप नभई विद्यार्थीको सिप र सिकाइलाई प्राथमिकता दिइने र २०% कोटा विदेशी विद्यार्थीहरुकालागी भएको बताए ।
कार्यक्रममा बि.टेक.एड.आईटीका संयोजक खेमनाथ खतिवडा र बि.पि.एच.संयोजक शुभम् भट्टराईले विद्यार्थीहरूलाई शुभकामना व्यक्त गरेका थिए ।
एस्पायर कलेजमा आज सम्पन्न भएको इम्प्रोम्टु इभेन्टमा प्रथम,द्वितीय र तृतीय स्थान हासिल गर्न सफल क्रमशः सुशान्त नेपाल, पृथ्वी राज साह र तुषार गणेशलाई कलेजले खादा,माला र पुरस्कारले सम्मान गरेको थियो ।









































































