धरान : याक्थुङ लिम्बुहरूको मौलिक संस्था युमा सम्यो महासभाको प्रथम महाधिवेशन धरानमा सम्पन्न भएको छ ।
असोज १ देखि ३ गते सम्म भएको महाधिवेशनले याक्थुङ लिम्बुहरूको मुन्धुमी स्थल, सांस्कृतिक तथा ऐतिहासिक स्थलहरूको संरक्षण, सम्बद्र्धन गर्ने, ऐतिहासिक येत्हाङ पाङभे निमार्ण गर्ने, लिम्बुहरूलाई युमा साम्यो अन्तर्गत एकताबद्ध गर्दै समग्र याक्थुङहरुको मौलिक धर्म, संस्कार, संस्कृतिको संरक्षणका लागी अभियान सञ्चालन गर्ने घोषणा सहित महाधिवेशन सम्पन्न भएको छ ।
सम्मेलनले देवेन्द्र कुमार बनेमको अध्यक्षतामा ३९ सदस्यीय केन्द्रीय समिति समेत निर्वाचित गरेको छ । समितिको उपाध्यक्षहरूमा लक्ष्मण मेन्याङ्बो, हर्क सुब्बा इजम, मान बहादुर सिरेङ, एस बि ताप्मादेन, गीता फाक्लेछुवा महासचिव डा. रमेश इजम उप महासचिव भीमसेन लिङ्दम, युबाहाङ तुम्बाहाम्फे सचिव भीम केदेम, सन्तोष कुरुम्बाङ कोषाध्यक्ष देवेन्द्र थेगिम सह कोषाध्यक्ष सीता तुम्बाहाम्फे सदस्यहरूमा प्रेम कुमार पतङ्वा तेह्रथुम, लोक मान स्रेङ सङ्खुवासभा, जगत प्रसाद योङ्हाङ इलाम, दिल कुमार आङ्देम्बे इलाम, कुल बहादुर मादेन खेवा धनकुटा, पदम चेन्जी माबो काठमान्डौ, पी के थलङ, मनकुमार ताप्लेजुङ, बाल कुमार फुरुम्बो ताप्लेजुङ, राजेन्द्र अन्छङ्बो ताप्लेजुङ, प्रेम सुहाङ पाँचथर, सूर्य योङ्हाङ पाँचथर, डिल्ली सिगु पाँचथर, राज कुमार खुदाङ मोरङ , ललित इजम झापा, सरोज सीङ लक्सम झापा, नेत्र सावादेन सुनसरी, दिल कुमार सिरेङ सुनसरी, भीम वनेम सुनसरी, सन्छबिर नाल्बो सुनसरी, देव इजम सुनसरी, बिरान इजम सुनसरी, हितराम तिल्लिङ सुनसरी, पदम मादेन सुनसरी, भक्त मुसाहाङ सुनसरी, रमेश माबोहाङ धरान, गणेश पङथाक निर्वाचित भएका छन् ।
असोज १ गते बाट धरानको हरियाली सामुदायिक भवनमा सुरु भएको महाधिवेशनको उद्घाटन प्रदेश नं. १ का उद्योग, श्रम तथा रोजगार मन्त्री प्रताप प्रकाश हाङगामले गरेका थिए । उद्घाटन सत्रलाई सम्बोधन गदै मन्त्री हाङगामले आफ्नो मौलिक धर्म, संस्कार र संस्कृतिलाई संरक्षण गर्न आफै लागी पर्नुपर्ने र याक्थुङ लिम्बुहरूको खास मौलिकता युमा साम्योले मात्र संरक्षण गर्न सक्ने समेत बताए ।
धरानमा ३ दिन सम्म चलेको महाधिवेशनमा ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापा, मोरङ, सङ्खुवासभा, धनकुटा, काठमान्डौ लगायत विदेशका विभिन्न मुलुकहरु बाट समेत प्रतिनिधि तथा पर्यवेक्षकहरूको उपथिति रहेको थियो ।


































































