झापा: नेकपा एमाले नेता तथा प्रदेश १ का पूर्व मन्त्री हिक्मत कार्कीको घर अगाडि शङ्कास्पद बस्तु फेला परेको छ । आज बिहान करिब साढे ५ बजे झापाको गौरादह नगरपालिका-३ गौरादह बजारमा रहेको कार्कीको घर अगाडि शङ्कास्पद बस्तु फेला परेको हो ।
प्रेसर कुकरमा तार बेरेर राखेको अवस्थामा शङ्कास्पद बस्तु भेटिएको हो । शङ्कास्पद बस्तु डिस्पोज गर्न नेपाली सेनाको टोली
आउदैछ । "घर अगाडि बिहान साढे ५ बजे तिर शङ्कास्पद बस्तु रहेको थाहा भयो," उनले भने," म त घरमा थिइन्, शङ्कास्पद बस्तु भेटिएपछि प्रहरीलाई खबर गरिएको छ ।" करिब ४ बजे तिर लाइट नबाली आएको मोटरसाइकलमा आएका व्यक्तिले शङ्कास्पद बस्तु राखेको हुनसक्ने उनले र बताए ।
"करिब ४ बजेतिर लाइट नबाली एउटा मोटरसाइकल आएको रहेछ," उनले भने" त्यहीँ मोटरसाइकलमा आएकाले राखेको हुनसक्छ ।" शङ्कास्पद बस्तु भेटिएको स्थानमा इलाका प्रहरी कार्यालय दमकको टोली पुगेको छ ।








































































