धरान : इटहरी-४ मा रहेको कचना महादेव मन्दिरमा आज सिरुवा मेला अर्थात् स्थानीय बोलीचालीमा टेङ्ग्रा मेला लागेको छ। 
कचना महादेव मन्दिरमा आजको दिन घोडा र बैगुन चढाएमा मनोकामना पुरा हुने जनविश्वास रहेको छ। सोही अनुसार आज कचना महादेव स्थलमा थेगिनसक्नु भिड बढेको छ। भक्तजनहरू बिहानै देखि खाली पेट तातो घाममा करिब १ किलोमिटरको लामो लाइनमा बसेका छन् ।
कोरोना महामारीको कारण गत वर्ष नलागेको टेङ्ग्रा मेला यस पटक लागेको हो । मेलामा कचना महादेवको दर्शनका लागि पूर्वका विभिन्न स्थान बाट भक्तजनहरू आउने गरेका छन् ।












        
                    
        
        
        
        




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)











        
        
















































