धरान : जिल्ला प्रशासन कार्यालय सुनसरीले इजाजत प्राप्त विभिन्न हात हतियारहरू १५ दिन भित्र प्रहरीलाई बुझाउन आग्रह गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बुधवार एक सूचना जारी गरी यही २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित तवरबाट सम्पन्न गर्नको लागि सुनसरी जिल्लाभित्र इजाजत प्राप्त गरी राखिएका विभिन्न किसिमका हात हतियारहरु निर्वाचन कार्य सम्पन्न भए पश्चात् फिर्ता पाउने गरी नजिकको प्रहरी कार्यालयमा बुझाउन सूचना जारी गरेका छन् ।









































































