इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४०१ जनामा कोरोना सङ्क्रमण भएको छ । ६२० जनाको पीसीआर परीक्षण गर्दा २१६ र ६४२ जनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ८२, सुनसरीमा ६०, झापामा ४०, उदयपुरमा ८, धनकुटामा ३, इलाम र पाँचथरमा २–२, सङ्खुवासभामा १ र प्रदेश १ बाहिरका १८ जनामा सङ्क्रमण देखिएको हो।

मोरङको विराटनगरमा ४८, सुन्दरहरैचामा ६, पथरीशनिश्चरे र बेलबारीमा ४-४, बुढीगंगा, उर्लाबारी र कानेपोखरीमा ३-३, कटहरी, सुनबर्षी र लेटाङमा २-२, धनपालथान, केराबारी, रङ्गेली, ग्रामथान र स्थानीय तह नखुलेका १-१, सुनसरीको इटहरीमा २४, धरानमा २०, इनरुवामा ४, वराहक्षेत्रमा ३, बर्जू, भोक्राहानरसिंह र कोसी गाउँपालिकामा २-२, दुहबी, देवानगञ्ज र रामधुनीमा १-१, झापाको भद्रपुरमा ८, दमकमा ७, शिवसताक्षीमा ५, गौरादहमा ४, बिर्तामोड र कनकाईमा ३-३, मेचीनगर, अर्जुनधारा, कमल गाउँपालिका र स्थानीय तह नखुलेका २-२, हल्दिबारी र बुद्धशान्तिमा १-१, उदयपुरको त्रियुगामा ३, उदयपुरगढी र चौदण्डीगढीमा २-२, कटारीमा १, धनकुटाको धनकुटा नगरपालिकामा ३, इलामको इलाम नगरपालिका र चुलाचुलीमा १-१, पाँचथरको कुम्मायक र स्थानीय तह नखुलेका १-१, सङ्खुवासभाको खाँदवारिमा १ र प्रदेश १ बाहिरका १८ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४५५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २१३ महिला र २४२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ पुरुषको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार २ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।