इटहरी : इटहरीमा ७ जना सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२५ जनामा कोरोना सङ्क्रमण भएको छ। ३९० जनाको पीसीआर परीक्षण गर्दा ८८ र २५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा कोरोना सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ४७, झापामा १९, सुनसरीमा १६, भोजपुर, सङ्खुवासभा र उदयपुरमा १-१ र प्रदेश १ बाहिरका ३ जनामा सङ्क्रमण भएको हो।

मोरङको विराटनगरमा ४१, कटहरीमा ३, बेलबारी, कानेपोखरी र केराबारीमा १-१, झापाको मेचीनगरमा ९, बिर्तामोडमा ६, हाल्दिबारी, शिवसताक्षी, बाहृदशी र भद्रपुरमा १-१, सुनसरीको इटहरीमा ७, धरानमा ३, दुहबी, बर्जू, देवानगञ्ज र रामधुनीमा १-१ र स्थानीय तह नखुलेका २, भोजपुरको साल्पासिलिछो, सङ्खुवासभाको सभापोखरी र उदयपुरको त्रियुगामा १–१ र प्रदेश १ बाहिरका ३ जनामा सङ्क्रमण भएको हो।

प्रदेश १ मा आज ८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३ महिला र ५ पुरुष रहेका छन् ।सक्रिय सङ्क्रमितको सङ्ख्या ३८७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।