विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५६ जनामा कोरोना सङ्क्रमण भएको छ ।

२९३ जनाको पीसीआर परीक्षण गर्दा ४९ र १३३ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३७, झापामा ५, सुनसरीमा ४, उदयपुरमा १ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण हो। मोरङको विराटनगरमा ३२, उर्लाबारी, सुनबर्षी, सुन्दरहरैचा, पथरीशनिश्चरे र कानेपोखरीमा १-१, झापाको बिर्तामोडमा २, दमक, बाहृदशी र कमल गाउँपालिकामा १-१, सुनसरीको इटहरीमा २, रामधुनी र हनिगरमा १-१, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण हो।

प्रदेश १ मा आज ११ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ५ महिला र ६ पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या २३० रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।