धरान : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना सङ्क्रमण भएको छ। २६९ जनाको पीसीआर परीक्षण गर्दा ८ र ९४ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २, झापा र सुनसरीमा १-१, प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको हो । मोरङको विराटनगरमा २, झापाको मेचीनगर र सुनसरीको इटहरीमा १–१, प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको हो।

प्रदेश १ मा आज ६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३ महिला र ३ पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या १२१ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।