धरान : दाङमा एक अटो चालकले यात्रुले छोडेर गएको सात लाख रुपैयाँ नगद फिर्ता गरेका छन् ।

घोराही उप-महानगरपालिका १५ का राजकुमार बुढामगरले बैङ्कबाट पैसा झिकेर घर जाने क्रममा रा १ ह २२१२ नम्बरको अटोमा ७ लाख रुपैयाँ छाडेका थिए।

छुटेको रकम अटो चालक घोराही १५ बस्ने विष्णु रोका मगरले फिर्ता गरेका हुन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक झबिन्द्र परियारको रोहबरमा छुटेको रकम सम्बन्धित धनीलाई बुझाएको प्रहरीले जानकारी दिएको छ।