धरान : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यति बेला झापामा छन्। उनी तीन दिनका लागि झापा आइपुगेका हुन् । उनी आइतबार आफ्नै गृहनगर दमकमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् ।

ओलीले आइतबार भोलि दिउसो साढे २ बजे क्याम्पस मोड आम्दा सडकको उद्घाटन गर्ने कार्यक्रम छ। ओलीले उक्त सडक उद्घाटन गर्ने कार्यक्रम तय भएपछि शनिवार दिनभर सडक सरसफाइ गर्न सरसफाईकर्मीहरुलाई भ्याई नभ्याई भएको थियो ।

उक्त सडकमा रहेका धुलो समेत बढारेर चिटिक्क बनाउन सरसफाइ मजदुरलाई भ्याई नभ्याई थियो।