झापा : झापाको कचनकवल गाउँपालिका २ स्थित सडक खण्डमा दुई मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा मृत्यु हुनेमा झापा कचनकवल गाउँपालिका-४ का ४० वर्षीय शेषलाल राजवंशी रहेका छन् ।

आज दिउसो साढे बाह्र बजे भारतीय नम्बरको मोटरसाइकल र मे ४प ९५०० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका सोही स्थानका २७ वर्षीय शिवलाल माझी र ४४ वर्षीय सजन राजवंशी र ४० वर्षीय शेषलाल राजवंशीको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचारको क्रममा घाइते मध्ये शेषलालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको बताइएको छ।