धरान : प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना सङ्क्रमण भएको छ। १५६ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङमा ५, सुनसरीमा ४, झापामा २ र इलाममा १ जनामा सङ्क्रमण देखिएको हो । मोरङको विराटनगरमा ४ र मिक्लाजुङमा १, सुनसरीको इटहरीमा ३ र स्थानीय तह नखुलेका १, झापाको भद्रपुर र झापा गाउँपालिकामा १-१ र इलामको इलाम नगरपालिकामा १ जनामा सङ्क्रमण देखिएको हो।

प्रदेश १ मा आज ७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त हुनेमा २ महिला र ५ पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या १०२ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।